२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेटौंडाको नापी कार्यालयमा भिषण आगलागी, १९ जना घाइते

२०७३, १० कार्तिक बुधबार ०९:४४


कात्तिक १०, हेटौंडा । मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा भिषण आगलागी भएको छ । 

आगलागीमा परी कर्मचारी तथा सेवाग्राही गरी १९ जना घाइते भएका छन् । हेटौँडाको कान्तिराजपथस्थित भाडाको घरको दोस्रो तल्लामा रहेको कार्यालयमा आगलागी भएपछि आत्तिएर हाम फाल्ने अधिकांश घाइते भएका छन् । 

केही आगोको धुवामा निसास्सिएर घाइते भएको प्रहरीले बताएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बिष्फोट भएको ठूलो आवाज सुनिएलगत्तै आगो लाग्न सुरु भएको थियो । तर, के पडि्कएर आगो लागेको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिजुली सर्ट भएको वा ग्यास पडि्कएको अनुमान छ । आगलागीका कारण नापी कार्यालयका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकलको सहायतामा जनपथ, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले बताएकी छिन । आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी