कातिक २३, जाजरकोट । ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कातिक २३, जाजरकोट । ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहास बोकेको दरबार जीर्ण बन्दै

२३ कार्तिक २०७३, मंगलवार ०७:२५


कातिक २३, जाजरकोट । ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण भएको हो । 

मर्मतर सम्भार नहुँदा दरबारको ऐतिहासिक महत्व र कलात्मकतासमेत हराउँदै गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । दरबार भत्किने अवस्थामा पुगेपनि यसको संरक्षण एवम् संवद्र्धनका लागि राज्य र अन्य सरोकारवालाले केही नगरेका कारण दरबारको अस्तित्व नै सङ्कटमा परेको उहाँले बताउनुभयो । अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ । 

दरबार जीर्ण भएर कुरुप देखिएपनि यस्तमा कसैको चासो छैन । गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए । 

साततले यो दरबार १९९० सालको भूकम्पपछि चार तला बनाइएको थियो । सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तु अहिले हराइसकेको स्थानीय इतिहास र संस्कृतिका खोजकर्ता बताउँछन् । 

हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई रु ६० हजारमा बिक्री गरेका थिए । राजा रजौटा उन्मूलन र दरबार बिक्रीपछि पनि गणतन्त्र स्थापना नहुने बेलासम्म जाजरकोटका राजाले राजाको मान्यता पाइरहे पनि दरबारको संरक्षण एवम् सम्वद्र्धनमा कुनै चासो दिइएन । दरबारमा रहेका मूल्यवानका वस्तु राजाकै सन्तानले अहिले पनि आफ्ना घरमा राखेको सरोकारवालाहरु बताउँछन् । 

जाजरकोट, रुकुम र सल्यानका जनताले रुकुमको चौरजहारीबाट इँटा बोकेर निर्माण गरेको यो दरबार अहिले जीर्ण भए पनि कसैले चासो र सरोकार नराख्नु दुःखको कुरा भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कमान खड्काले बताउनुभयो । “पहिले दरबार प्रवेशद्वारमा निर्माण गरिएका कलात्मक ढोका एवम् बगैँचा पनि भत्किएका छन्, अहिले पूरै दरबार जीर्ण बन्दा पनि संरक्षणको चिन्ता कसैलाई छैन” – खड्काले भन्नुभयो । 

इतिहासमा नेपाल एकीकरणका बेला जाजरकोट राज्यले पु¥याएको योगदानको सम्झना गराउने सबै वस्तु राजाका सन्तान भाइभारदार र अन्यले बेपत्ता बनाएका कारण आज दरबारको शोभा हराएको छ । दरबारको सातौँ तलामा रहेको नारायणथानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो । अन्य दुई वटा मूर्ति भने रानागाउँको कालिका मन्दिर र पीपलडाँडाको गणेश मन्दिरमा राखिएको छ । 

हुम्ला र चीनको बीचमा रहेको ताक्लाकोट अक्रमण गरी जाजरकोटी सेनाले जितेको छालाको तोप र केही अन्य हतियार राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको नागरिक अगुवा शाहले बताउनुभयो । 

नेपाल बाइसी र चौबिसी राज्यमा विभाजित भएका बेला बाइसी राज्य अन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनी वर्मा पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलङ्गाको पीपलडाँडामा अवस्थित यो दरबारको निर्माण भक्तपुरका चर्चित कालीगढ नाक्चेको ढाँचामा आधारित थियो । 

सहायक प्रजिअ जनकराज शर्माले दरबार पुनःनिर्माणका लागि आफूहरुले पटक पटक पुरातत्व विभागमा पत्र पठाएपनि अर्थ मन्त्रालयलबाट बजेट निकासा नभएका कारण योजना अघि नबढेको हो भन्नुभयो । उहाँले दरबार पुनःनिर्माण गर्न झन्डै रु १३ करोड लाग्ने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का