कातिक २३, जाजरकोट । ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कातिक २३, जाजरकोट । ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहास बोकेको दरबार जीर्ण बन्दै

२०७३, २३ कार्तिक मंगलवार ०७:२५


कातिक २३, जाजरकोट । ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण भएको हो । 

मर्मतर सम्भार नहुँदा दरबारको ऐतिहासिक महत्व र कलात्मकतासमेत हराउँदै गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । दरबार भत्किने अवस्थामा पुगेपनि यसको संरक्षण एवम् संवद्र्धनका लागि राज्य र अन्य सरोकारवालाले केही नगरेका कारण दरबारको अस्तित्व नै सङ्कटमा परेको उहाँले बताउनुभयो । अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ । 

दरबार जीर्ण भएर कुरुप देखिएपनि यस्तमा कसैको चासो छैन । गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए । 

साततले यो दरबार १९९० सालको भूकम्पपछि चार तला बनाइएको थियो । सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तु अहिले हराइसकेको स्थानीय इतिहास र संस्कृतिका खोजकर्ता बताउँछन् । 

हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई रु ६० हजारमा बिक्री गरेका थिए । राजा रजौटा उन्मूलन र दरबार बिक्रीपछि पनि गणतन्त्र स्थापना नहुने बेलासम्म जाजरकोटका राजाले राजाको मान्यता पाइरहे पनि दरबारको संरक्षण एवम् सम्वद्र्धनमा कुनै चासो दिइएन । दरबारमा रहेका मूल्यवानका वस्तु राजाकै सन्तानले अहिले पनि आफ्ना घरमा राखेको सरोकारवालाहरु बताउँछन् । 

जाजरकोट, रुकुम र सल्यानका जनताले रुकुमको चौरजहारीबाट इँटा बोकेर निर्माण गरेको यो दरबार अहिले जीर्ण भए पनि कसैले चासो र सरोकार नराख्नु दुःखको कुरा भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कमान खड्काले बताउनुभयो । “पहिले दरबार प्रवेशद्वारमा निर्माण गरिएका कलात्मक ढोका एवम् बगैँचा पनि भत्किएका छन्, अहिले पूरै दरबार जीर्ण बन्दा पनि संरक्षणको चिन्ता कसैलाई छैन” – खड्काले भन्नुभयो । 

इतिहासमा नेपाल एकीकरणका बेला जाजरकोट राज्यले पु¥याएको योगदानको सम्झना गराउने सबै वस्तु राजाका सन्तान भाइभारदार र अन्यले बेपत्ता बनाएका कारण आज दरबारको शोभा हराएको छ । दरबारको सातौँ तलामा रहेको नारायणथानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो । अन्य दुई वटा मूर्ति भने रानागाउँको कालिका मन्दिर र पीपलडाँडाको गणेश मन्दिरमा राखिएको छ । 

हुम्ला र चीनको बीचमा रहेको ताक्लाकोट अक्रमण गरी जाजरकोटी सेनाले जितेको छालाको तोप र केही अन्य हतियार राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको नागरिक अगुवा शाहले बताउनुभयो । 

नेपाल बाइसी र चौबिसी राज्यमा विभाजित भएका बेला बाइसी राज्य अन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनी वर्मा पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलङ्गाको पीपलडाँडामा अवस्थित यो दरबारको निर्माण भक्तपुरका चर्चित कालीगढ नाक्चेको ढाँचामा आधारित थियो । 

सहायक प्रजिअ जनकराज शर्माले दरबार पुनःनिर्माणका लागि आफूहरुले पटक पटक पुरातत्व विभागमा पत्र पठाएपनि अर्थ मन्त्रालयलबाट बजेट निकासा नभएका कारण योजना अघि नबढेको हो भन्नुभयो । उहाँले दरबार पुनःनिर्माण गर्न झन्डै रु १३ करोड लाग्ने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन