2026-06-20 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

2016-11-13

कात्तिक २८, चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् ।

देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् ।

सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए।

दाउन्ने ट्रेडर्स प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलले क्रेट, कार्टुन पहिलेदेखि नै नयाँ मात्रै प्रयोग हुँदै आएकामा यसलाई कडाइ गरिएको बताए । पोल्ट्रीजन्य पदार्थ बोकेका गाडी धोएरमात्र एकपछि अर्को काम गरिँदै आएको बताउँदै उनले जैविक सुरक्षामा ध्यान दिन सके रोग भित्रिन नपाउने उल्लेख गरे ।

नेपाल अन्डा उत्पादन सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सबै किसान र व्यवसायीलाई जैविक सुरक्षामा हेलचक्र्यार्इं नगर्न सूचित गरिएको बताए । पक्षीलाई खुल्ला रुपमा छोडेर नपाल्न, घरपालुवा पक्षीलाई जङ्गली जनावरको सम्पर्कमा जान नदिन र मरेका पक्षी तथा सङ्क्रमित वस्तु जथाभावी नफाल्न सबैमा अनुरोध गरिएको उनले बताए ।

व्यवसायीले पक्षीलाई राखेको फार्म नियमित रुपमा निःसङ्क्रमण गरिरहेका छन् भने हाँस तथा कुखुरालाई मिसाएर पाल्न छाडेका छन् । बिक्रीका लागि बजार पठाएका कुखुरा र कुखुराजन्य पदार्थ फार्ममा फिर्ता ल्याउने क्रम बन्द भएको छ ।

ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले भारतीय सीमा क्षेत्रमा अनुगमन गर्न लागेको बताउँदै कुखुरापालक कृषकलाई विगतमा अपनाएका जैविक सुरक्षामा अरु चनाखो हुन आग्रह गरिएको बताए ।

पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष शङ्करप्रसाद कँडेलले विगतको बर्डफ्लुबाट पाठ सिक्दै व्यवसायीले जैविक सुरक्षामा विशेष ध्यान दिएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

जिल्लामा कुखुराजन्य क्षेत्रमा रु ७५ अर्बको हाराहारीमा लगानी भएको व्यवसायीले बताउँदै आएका छन् । तथ्याङ्क विभागले गतवर्ष गरेको सर्वेक्षणअनुसार चितवनमा ५३ लाख, ६२ हजार ५९१ ब्रोइलर र ४० लाख ६८ हजार ६६५ लेयर्स कुखुरा पालिँदै आएको छ । यो सङ्ख्या नेपालको ब्रोइलर पालनमा १० दशमलव २ र लेयर्समा ५८ दशमलव ९ प्रतिशत हो । तीन वर्षअघि नेपालमा बर्डफ्लुका कारण पोल्ट्री व्यवसायमा ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ