कात्तिक २९, काठमाडौँ । शिख धर्मका प्रवक्ता तथा प्रथम गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइएको छ । 

प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन गुरु नानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, काठमाडौँ । शिख धर्मका प्रवक्ता तथा प्रथम गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइएको छ । 

प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन गुरु नानक"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइयो

२९ कार्तिक २०७३, सोमबार ०६:४७

कात्तिक २९, काठमाडौँ । शिख धर्मका प्रवक्ता तथा प्रथम गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइएको छ । 

प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन गुरु नानकको स्मरणमा शिख धर्मका अनुयायीले गुरुदेव पृथ्वीमा आएको दिनका रुपमा आगमन पर्व मनाउने गर्दछन् । शान्त स्वभावका, एकाग्र चित्त भएका गुरुदेव ध्यान तथा योगी भएको विश्वास छ । 

काठमाडौँको बालाजुस्थित नानक मठ (गुरुद्वार)मा गुरुको स्मरणमा विभिन्न धार्मिक गतिविधि तथा भण्डरा लगाइएको छ । सन् १४६९मा हालको पाकिस्तानमा जन्मनुभएका गुरु नानकले ब्रह्मज्ञान प्राप्त गरी मानव कल्याणका लागि क्रियाशील रहेको जनविश्वास छ । 

गुरु नानकले शान्तिको प्रचारका लागि नेपाल, हिन्दुस्तान, अफगानिस्तान, भुटान, मक्का मदिनालगायतका मुलुकको पैदल यात्रा गर्नुभएका गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रका अध्यक्ष जसपाल सिंहले जानकारी दिनुभयो । 

भारत वर्षमा मुसलमान तथा हिन्दूका बीच द्वन्द्व भएको अवस्थामा गुरु नानकले दिएको तर्क तथा अनेक प्रयत्नका आधारमा द्वन्द्व न्यूनीकरण भएको इतिहास पाइने उहाँले बताउनुभयो । 

‘सबैका पिता एक हुन्’ भन्ने मान्यता राखेर सबै धर्मावलम्बीलाई सत्कर्ममा लाग्न प्रेरणा दिएका नानकलाई हिन्दूले जगत बाबा तथा इस्लामले पैगम्बरकै रुपमा आस्था राख्ने गरेको बताइएको छ । काठमाडौँमा छवटा ऐतिहासिक गुरुद्वार छन् भने नेपालमा करिब सात हजार शिख धर्मावलम्बी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले