कात्तिक २९, काठमाडौँ । ट्राफिक प्रहरीको सेवाको उच्च मूल्याङ्कन गर्दै खाजा वितरण गरिएको छ । 

गत वर्ष साउनमा सिंहदरबारदेखि पाटन जाने क्रममा स्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, काठमाडौँ । ट्राफिक प्रहरीको सेवाको उच्च मूल्याङ्कन गर्दै खाजा वितरण गरिएको छ । 

गत वर्ष साउनमा सिंहदरबारदेखि पाटन जाने क्रममा स्क"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा ट्राफिकलाई खाजा वितरण

२९ कार्तिक २०७३, सोमबार ०७:२२


कात्तिक २९, काठमाडौँ । ट्राफिक प्रहरीको सेवाको उच्च मूल्याङ्कन गर्दै खाजा वितरण गरिएको छ । 

गत वर्ष साउनमा सिंहदरबारदेखि पाटन जाने क्रममा स्कुटरबाट लडेर घाइते हुँदा ट्राफिक प्रहरीको सहयोगले पुनर्जीवन पाउनुभएकी २२ वर्षीय प्रशंसा थापाले ट्राफिकको कामको उच्च मूल्याङ्न गर्दै आज काठमाडौँ उपत्यकामा काममा खटिएका ट्राफिक प्रहरीलाई खाजा वितरण गर्नुभएको हो । 

थापाले चक्रपथ क्षेत्र, चप्पलकारखानादेखि चापागाउँ, भद्रकालीदेखि कालोपुल, भगवतीबहालदेखि सोह्रखुट्टे, पुतलीसडकदेखि त्रिपुरेश्वर र भोटेबहालदेखि केशरमहलसम्मका चोकमा काममा खटिएका १७० जना ट्राफिकलाई खाजा वितरण गर्नुभएको हो । 

थापा भन्नुहुन्छ – “घाम पानी नभनी काममा खटिने र धुलोले ग्रसित हुने गरेका ट्राफिकको उच्च मूल्याङ्कन गर्दै सेवा गरेको हुँ ।” थापाले आफूले वातावरण विषय पढेकाले ट्राफिक प्रहरीले भोग्नुपर्ने समस्या र धुलोले पार्ने असरबारे आफूलाई थाहा रहेको बताउनुभयो । 

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल लाइसेन्स कडाइ, लेन अनुगमनप्रति यात्रुले नकारात्मक नजरले हेरेको अवस्थामा थापाले ट्राफिकलाई गरेको सहयोगले सकारात्मक सन्देश दिएको बताउनुभयो । 

उहाँले भन्नुहुन्छ – “एउटा ट्राफिक प्रहरी निरन्तर एउटा चोकमा दुई वर्षसम्म काममा खटियो भने तीन वर्ष आयु घट्छ, ट्राफिक प्रहरीप्रति देखाइएको सद्भाव प्रशंसनीय छ ।” अर्याल यस्तो सहयोगले ट्राफिक प्रहरीमा थप हौसला बढाएको बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले