कात्तिक २९, काठमाडौँ । ट्राफिक प्रहरीको सेवाको उच्च मूल्याङ्कन गर्दै खाजा वितरण गरिएको छ । 

गत वर्ष साउनमा सिंहदरबारदेखि पाटन जाने क्रममा स्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, काठमाडौँ । ट्राफिक प्रहरीको सेवाको उच्च मूल्याङ्कन गर्दै खाजा वितरण गरिएको छ । 

गत वर्ष साउनमा सिंहदरबारदेखि पाटन जाने क्रममा स्क"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा ट्राफिकलाई खाजा वितरण

२०७३, २९ कार्तिक सोमबार ०७:२२


कात्तिक २९, काठमाडौँ । ट्राफिक प्रहरीको सेवाको उच्च मूल्याङ्कन गर्दै खाजा वितरण गरिएको छ । 

गत वर्ष साउनमा सिंहदरबारदेखि पाटन जाने क्रममा स्कुटरबाट लडेर घाइते हुँदा ट्राफिक प्रहरीको सहयोगले पुनर्जीवन पाउनुभएकी २२ वर्षीय प्रशंसा थापाले ट्राफिकको कामको उच्च मूल्याङ्न गर्दै आज काठमाडौँ उपत्यकामा काममा खटिएका ट्राफिक प्रहरीलाई खाजा वितरण गर्नुभएको हो । 

थापाले चक्रपथ क्षेत्र, चप्पलकारखानादेखि चापागाउँ, भद्रकालीदेखि कालोपुल, भगवतीबहालदेखि सोह्रखुट्टे, पुतलीसडकदेखि त्रिपुरेश्वर र भोटेबहालदेखि केशरमहलसम्मका चोकमा काममा खटिएका १७० जना ट्राफिकलाई खाजा वितरण गर्नुभएको हो । 

थापा भन्नुहुन्छ – “घाम पानी नभनी काममा खटिने र धुलोले ग्रसित हुने गरेका ट्राफिकको उच्च मूल्याङ्कन गर्दै सेवा गरेको हुँ ।” थापाले आफूले वातावरण विषय पढेकाले ट्राफिक प्रहरीले भोग्नुपर्ने समस्या र धुलोले पार्ने असरबारे आफूलाई थाहा रहेको बताउनुभयो । 

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल लाइसेन्स कडाइ, लेन अनुगमनप्रति यात्रुले नकारात्मक नजरले हेरेको अवस्थामा थापाले ट्राफिकलाई गरेको सहयोगले सकारात्मक सन्देश दिएको बताउनुभयो । 

उहाँले भन्नुहुन्छ – “एउटा ट्राफिक प्रहरी निरन्तर एउटा चोकमा दुई वर्षसम्म काममा खटियो भने तीन वर्ष आयु घट्छ, ट्राफिक प्रहरीप्रति देखाइएको सद्भाव प्रशंसनीय छ ।” अर्याल यस्तो सहयोगले ट्राफिक प्रहरीमा थप हौसला बढाएको बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल