प्रेम सुनार/कात्तिक २९, गुल्मी । शान्ति प्रकृयामा आउने वेला सम्म नेकपा माओवादीको दवदवा थियो । उनिहरुले खडा गरेको जनअदालतका कतिपय फैशलाहरु  पहुँच नभएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक २९, गुल्मी । शान्ति प्रकृयामा आउने वेला सम्म नेकपा माओवादीको दवदवा थियो । उनिहरुले खडा गरेको जनअदालतका कतिपय फैशलाहरु  पहुँच नभएका "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले घर भित्र्याई दिएकी दलित युवतीलाई अरुले अलपत्र पारे

२९ कार्तिक २०७३, सोमबार १२:४४


प्रेम सुनार/कात्तिक २९, गुल्मी । शान्ति प्रकृयामा आउने वेला सम्म नेकपा माओवादीको दवदवा थियो । उनिहरुले खडा गरेको जनअदालतका कतिपय फैशलाहरु  पहुँच नभएका  सदियौ देखि शोषण दमनमा परेका जनताको पक्षमा हुन्थे । 

२०६२ साल अजोज महिनामा गुल्मीको दर्लिङ्ग गाविसमा मगर समुदायका युवा रोम घर्तिको गर्भधारण गरेकी उमा परियार उनले घर भित्राउन अस्वीकार गरे पछि मोओवादीको शरणमा पुगिन  । पछि २०६५ साल बैशाख १९ गते बजा बजाएरै  माओवादीले उमालाई रोम घर्तिको घरमा भित्राई दिएको थियो । सयौं शोषित पिडितहरुले ताली पिटेका थिए  । 

उमा रोमको घरमा डेढ वर्ष सम्म वसी रहेको बेला राजनीति सुरु भयो । माओवादीको उक्त जनवादी कार्यलाई धोती लगाउने चलखेल गर्न थालियो । उमा भन्छिन –‘त्यसरी माओवादीले न्याय गरी रहेका वेला रोमको परिवार शान्ति प्रकृया पछि अर्को राजनैतिक दलको शरणमा पुग्यो ।अन्ततः मलाई घर बस्न नदिए पछि म अदालतको शरणमा आएँ । 

जिल्ला अदालत गुल्मीले मलाई न्यायकै पक्षमा फैसला गरी दियो ।’  उनि थप्छीन् –‘मासिक ५ हजार पालन पोषण खर्च र रोमका नामबाट मेरो नागरिकता पनि दिलायो । नेपाली सेनमा कार्यरत रोम मासिक ५ हजार दिन मञ्जुर पनि भए । २७ महिना सम्म उक्त रकम पनि बुझे् ।  त्यो विपक्षी एक पार्टीलाई शैय भएन र म माथी जालझेल गरिएदैं भएको छ । ’

त्यस पछि रोमले कुनै एक राजनैतिक दलकै आडमा उक्त रकम पठाउन बन्द गरेको उमाको ठम्याई छ । ११ वर्षका सन्तान भई सक्दा समेत  उनी अलपत्र छन् । फेरी पनि उनि  जिल्ला अदालत कै शरणमा पुगेकी छिन् ।  तर पनि न्याय पाउन सकेकी छैनन् । उमा नेपाली सेना भित्रको न्यायिक विभागमा पनि पुगिन । 

‘सेना भित्रको महिला सेल मेरो न्यायको पक्षमा उभिएको थियो’– उमाले भननि–‘तर  रोमले अदालतमा मुद्धा चलेको छ किन मैले पैसा भर्ने यसलाई भन्दै करायो र अदालतको अर्को फैसला कुरेर बसेकी छु । ’ उमा रोम घर्ति कर्यरत सल्यानमा रहेको भैरवप्रसाद गणमा पनि धेरै पटक धाईन् । यसरी ११ वर्ष देखि विभिन्न स्थानमा धाउँदा पनि न्याय नपाएर थकिथ उनि राष्ट्रिय दलित आयोग कहाँ छ ? भन्दै ठेगना खोजेर बसेकी छिन् । 

अव उनको अन्तिम विकल्प भनेको त्यही राष्ट्रिय दलित आयोग नै बनेको छ । उमाको माईती गरिव छन् । त्यसलै अदालत आवत जावतको खर्च पुराउन उमाले सदरमुकाम तम्घास नजिकैको ढुङ्गा खानीमा गिटी कुट्नु प¥यो । गिटी कुटेरै उमाले छोरा पढाउनु परेको छ । उमाको पिर चिन्तामा उनकी आमाले आँशु खसाउनु वाहेक अरु केही उपाए नभएको बताउँदै यस समचारदाता अँस्ती उनको घरमा पुग्दा भक्कानो छाडेर रोईन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव