कविता उपाध्याय/कात्तिक ३०, रोल्पा । थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उहाँका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी)"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/कात्तिक ३०, रोल्पा । थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उहाँका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी)"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साली र भिनाजुको कुटाइबाट सुनकुमारीको हत्या भएको खुलासा

३० कार्तिक २०७३, मंगलवार ०४:०६

कविता उपाध्याय/कात्तिक ३०, रोल्पा । थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उहाँका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ । 

गतः शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र धु्रव नेपालीलाई कानुनी प्रक्रिया पूरा गरेर कर्तव्य ज्यान मुद्दा चलाउनका लागि आवश्यक तयारी भइरहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ज्यान मार्ने उद्योग गरेको अभियोगमा २०७३ असोज २६ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँले दुवै जनालाई नियन्त्रणमा लिई कारागार कार्यालय, रोल्पामा थुनामा राख्दै आएको छ । 

सुनकुमारीको उपचारका क्रममा यसरी थुनामा परेका साली भिनाजु जालकुमारी र ध्रुवलाई रु २५ हजार धरौटीमा छोड्न सकिने भएपनि धरौटी जम्मा गर्न नसकी पुर्पक्षका लागि उनीहरु हालसम्म पनि कारागारमा थुनामा रहँदै आएका थिए । 

यस्तै, जिल्ला न्यायाधीवक्ता सुवर्णमान बनेपालीले सुनकुमारीको मृत्यु भएको हुँदा थप अनुसन्धान गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा कारागारमा धरौटीमा रहेका साली भिनाजु जालकुमारी र ध्रुवलाई आवश्यक प्रक्रिया पु¥याई कर्तव्य ज्यानको मुद्दाका लागि प्रक्रिया अगाडि बढिराखेको बताए । 

उनका अनुसार हालसम्मको अनुसन्धानका क्रममा र जिल्ला अदालत रोल्पामा जालकुमारीले दिएको बयानका आधारमा मृतक सुनकुमारीलाई उनले नै ढुङ्गामा पटकपटक टाउको ठोक्काइ कुटपिट गरेको बुझिएको छ । यसरी सुनकुमारीको हत्यामा साली भिनाजुको संलग्नता रहेको देखिएको बनेपालीको भनाइ छ । 

प्रनि श्रेष्ठका अनुसार असोज २५ गते विजया दशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि सुनकुमारीका श्रीमान् धु्रव र बहिनी जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको घटनास्थल पुग्दा प्रत्यक्ष देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

यसरी घटनास्थल पुगी आवश्यक अनुसन्धान गरिसकेपछि इलाका प्रहरी कार्यालय, घर्तीगाउँ, रोल्पाले उनीहरु दुवै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा थुनामा राखेको हो । 

काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् रोजगारीका लागि विगत दुई वर्षदेखि साउदी अरबमा रहनुभएको छ भने जालकुमारी भने करिब छ महिनादेखि सात वर्ष, चार वर्ष र तीन वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् । हाल जालकुमारीका तीन वर्षीय एक छोरी उनीहरुसँगै कारागार कार्यालय, रोल्पाको बन्दीगृहमा छिन् । 

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मृतक सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपाली आर्थिक अभावका कारण गाउँकै बज्यै पर्नेको घरमा करिब एक वर्ष पहिलेदेखि काम गर्न बसेकी थिइन् भने उनका एकमात्र दाजु आर्थिक अभावका कारण जीवन गुजाराका लागि करिब तीन वर्ष पहिलेदेखि वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । 

प्रनि श्रेष्ठका अनुसार सुनकुमारीलाई साली भिनाजु मिलेर कुटपिट गर्दा घरमा अन्य कोही नभएको हुँदा घाइते सुनकुमारी रातभरि सिलौटामा ठोकिएकै ठाउँमा लडेकी थिइन् । सुनकुमारीलाई घाइते अवस्थामा छोडेर जालकुमारी आफ्नो कोठामा फर्किएको र मदिराले मातेका सुनकुमारीका श्रीमान् भने घरमै बसेको अनुसन्धानका क्रममा खुलेको छ । 

यसरी पेटभरि खान र एकसरो कपडा लगाउनकै लागि अर्काको घरमा काम गरेर दिन गुजार्दै आएकी बिनिताकी आमा सुनकुमारीको मृत्यु भएको र बुबा ध्रुव पनि कर्तव्य ज्यान मुद्दामा जेल चलान हुने भएपछि छोरी विनिताको भविष्य अब थप अन्यौल बन्दै गएको देखिएको छ । 

घाइते आमा सुनकुमारीको हेरचाहमा लामो समयसम्म स्तब्ध बनेको र अन्तमा आमाको पार्थिव शरीरमा दागबत्ती दिएर फर्केकी विनिताको मनलाई सान्त्वना दिन र उनको भविष्यका बाटा खुल्ला गर्नका लागि यतिबेला विनितालाई सहयोगी हातको खाँचो छ । अर्काको घरमा काम गरेर गाउँकै सरकारी विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी विनिताको भविष्यका बारेमा सरोकारवालाले सोच्नुपर्ने अवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य