२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुजातालाई ५० लाख दिने निर्णय गर्दा यता जनताको हालत यस्तो छ !

२०७३, ३० कार्तिक मंगलवार ०६:२१


खर्च  जुटाउन नसकेर विरामी वावुलाई बिचैमा छाडेर छोराहरु भागे

प्रेम  सुनार/कात्तिक ३०, गुल्मी । सर्वहाराका  नेता भनिने  प्रचण्ड नेतृत्को सरकारले सत्ता साँझेदार दल नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपप्रधान मन्त्री सुजता कोईरालाको  उपचारका लागि  ५०  लाख रुपैयाँ  दिने निर्णय गरी रहेका  वेला यता सर्वहारा वर्गका जनताको अवस्था  भने यस्तो छ कि दुईचार हजार खर्च जुटाउन नसकेर  विरामी बृद्ध वावुलाई विच मै  छाडेर छोराहरु भागेका छन् । 

गुल्मीको पुर्कोटदह–८  का ६३  वर्षिय कर्णबहादुर बिकलाई  उनका  छोराहरुले उपचार गर्ने  दुईचार हजार खर्च जुटाउने कुनै उपाय नभए पछि सदरमुकाम तम्घासको एक सुकुम्वासी  परिवारको घरमा छाडेर भागेका हुन् ।  चार दिन देखि लडेर   टाउँकोमा  गम्भीर चोट  लागेका बिश्वकर्मा  उपल्लो तम्घासमा अर्काको जमिन मागेर  वाँसको टहरा बनाई बसेका शंकर  बिकको घरमा दाजुभाईको नाताले आश्रय लिएर बस्नु परेको हो ।  

घाईते बृद्ध बिश्वकर्मा पनि वर्षऔं अघि देखि सुकुम्वासी भएर सडक मजदुरी गर्दै  आएका थिए । ‘आरने काम पनि धेरै वर्ष गरे, उनले भने –‘अहिले विरामी परेको वावुलाई  विचमै छाडेर छोराहरु भागे पछि अलपत्र परेको छु ।’ पैसा खोजेर भोली आउँछौं  भनेर उहाँका कान्छा छोरा मधु वुटवल तिर गएको हो, आश्रय  दिएका शंकरले भने–‘ यतिकादिन  भयो अहिले त फोन नै स्वीचअफ गरेका छन पाँचै भाईले । ’

उनले प्रहरीमा उजुरी दिन पाए झिकान सकिन्थ्यो  कि भन्ने लागेको बताए । पाँचै भाईले वुटवलमा  सडक मजदुरी गरे वावुलाई वेवास्ता गरे पछि शंकरले वृद्ध विरामी परेपछि झिकाएका थिए । उनीहरुले पनि खासै आम्दानी नगर्ने सडक मजदुरीमा लफङ्गीएर हिड्ने गरेको र बृद्धकी श्रीमतिको पनि मृत्यु भए पछि उनि वेसहारा बनेका हुन् । 

यो जाडोमा बाटोको छेँउमा  पातलो कपडामा थर्थराउँदै लडेका बिश्वकर्मालाई गुल्मी केयर विश्वा सञ्चालकी उपाध्यक्ष विद्या कार्की र सचिव  सागर कार्कीले हिड्दै गर्दा देखे । उनिहरुले टिठ लागेर एक जोर न्यानो कपडा ल्याई दिए । नेपाली सेना थागिधुमका गुल्मीपति , यता सशस्त्रका गुल्मपति संग आग्रह गरेर खाने खर्च जुटाई दिन सकिन्छ  कि भन्ने प्रयासमा लागेको उनिहरुले बताए । 

‘साह्रै विजोग देखियो , तपाईलाई बोलाएर यो विचल्लीको खवर सञ्चार माध्यमा पुराएर उनको उद्धार हुन सक्थ्यो  कि भन्ने हाम्रो अर्को प्रयास हो, कार्कीद्धयले भने –‘पर्सी  एक गतेबाट पेन्सन क्याम वस्दैछ त्यहाँ हामी सुन्तला बेचेर त्यसको मुनाफा यि बृद्धको उद्धारमा लगाउने सोचमा छौं । ’ ति बृद्धलाई आश्रय दिने शंकरका वावुको केहि वर्ष अघि तम्घासको चारीखोलामा हत्या भएको थियो । उनको हत्या पछि उनका ससाना छोरा छोरीहरु विचल्लीमा परे । 

यहाँ सम्मकी १० वर्षिय उनका छोरा विशालले बाबुले चलाउँदै आएको आरन थामेर पेट पाल्नु परेको थियो । अहिले ठुलो दाजु शंकर आएर आमा र भाई वहिनीहरु मुस्कीलले पाल्दै थिए । तर जहाँ होचो उहि घोंचो भने झैं विरामी काका पर्नेलाई लिएर उनका छोराले छाडेर थप मुस्कीलमा पारेका छन् । 

विहान खाए बेलुकी के  खाउँ भएका ति परिवार संग बृद्धको उपचार गराई दिने खर्च नभए पछि रक्ताम्मे टाउँकोमा पट्टि लगाई दिन कामभ सम्म  स्थानियको सहयोगमा भएको छ । बृद्ध उठेर हिड्न सक्दैनन् । बेलामा खान पिन र कुनै तागतीले कुरा पेटमा नपरेर होला निकै कम्जोर अवस्थामा पुगेका छन् । कतै केहि हुने हो कि भन्ने डर चिन्तामा रहेका ति परिवार र गुल्मी केयर विश्व सञ्जालले सहयोग गरी दिन सवै संग आग्रह गरेका छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा