मङ्सिर १, काठमाडौँ । जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । 
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, काठमाडौँ । जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । 
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आ"/>
२ माघ २०८२, बिहीबार
काठमाडौँ - KTM

जापानद्वारा चारवटा एम्बुलेन्स हस्तान्तरण

१ मंसिर २०७३, बुधबार ११:३५

मङ्सिर १, काठमाडौँ । जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । 
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले सोसाइटीका अध्यक्ष सन्जीव थापालाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गर्नुभयो । 
कार्यक्रममा जापानी राजदूतमा ओगावाले नेपालका ग्रामीण समुदायका मानिसलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सहयोगस्वरुप एम्बुलेन्सहरु प्रदान गरिएको बताउनुभयो । 
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सन्जीव थापा र महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रससँग तीन दशकदेखि खानेपानी, सरसफाइलगायतका मानवीय सेवामा सहयोग गर्दै आएकामा जापान सरकार, जापानी रेडक्रस र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो । 
नेपाल रेडक्रसका गुल्मी, प्यूठान, मोरङ् र उदयपुर जिल्लाका रेडक्रस प्रतिनिधिलाई ती एम्बुलेन्सहरु आजै हस्तान्तरण गरियो । ती एम्बुलेन्सहरुको लागत करिब रु ७४ लाख रहेको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटीले हाल देशका ६७ जिल्लाका २०५ स्थानबाट एम्बुलेन्स सेवा दिँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले