मङ्सिर १, काठमाडौँ । दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव आजदेखि राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १, काठमाडौँ । दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव आजदेखि राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौमती–पञ्चेबाजा महोत्सव सुरु

१ मंसिर २०७३, बुधबार १२:३९


मङ्सिर १, काठमाडौँ । दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव आजदेखि राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नगरा बजाएर महोत्सवको उद्घाटन गर्नुभयो । नेपाल नौमती–पञ्चेबाजा प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले आयोजना गरेको दुई दिने महोत्सवको आज पहिलो दिन पञ्चेबाजाका विभिन्न राग र धुन प्रस्तुत गरिएको थियो । 

रामेछाप, धादिङ, ललितपुरलगायत करिब आठ जिल्लाका टोलीले मङ्गल/पल्टनिया धुन, बिहानचरी÷बेहुली माग्ने धुन, अन्माउने धुन, चौतल धुन, नेवारी ख्याली÷मालश्री रागलगायत नौमती तथा पञ्चेबाजाका प्रस्तुति दिएका थिए । 

त्यस्तै, कार्यक्रममा पञ्चम ब्यान्डको तर्फबाट सांस्कृतिक प्रस्तुति, दमाई नाच, हुड्के/छलियासहित विभिन्न कला प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालीको मौलिक संस्कृतिमा आधारित नौमती र पञ्चेबाजाको संरक्षण गर्दै यसलाई समयअनुकूल आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वैदिक कालभन्दा अघिदेखिको नौमती–पञ्चेबाजा संरक्षण र विस्तार आजको आवश्यकता हो । यसको जगेर्ना गर्नसके संस्कृति जोगिनुका साथै युवालाई पनि रोजगारी दिलाउन सकिने छ ।” 

नौमती–पञ्चेबाजा प्रतिष्ठानका अध्यक्ष विनोद पहाडीले आफ्नो संस्था राजनीतिक र जातीय हिसाबले सबैको साझा बनाउने प्रयत्नमा लागेको बताउँदै नौमती–पञ्चेबाजा संरक्षणका लागि राज्यबाटै बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो । 

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नौमती–पञ्चेबाजाको संरक्षणमा दमाई समुदायमात्र नभएर सबै समुदाय हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले