मङ्सिर २, बर्दिवास । जङ्गली हात्तीले खानेपानीको पाइप उखेली दिएपछि महोत्तरीको बर्दिवास नगरपालिकाको रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, बर्दिवास । जङ्गली हात्तीले खानेपानीको पाइप उखेली दिएपछि महोत्तरीको बर्दिवास नगरपालिकाको रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको छ । 
"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हात्तीले पाइप उखेली दिएपछि खानेपानीको हाहाकार

२ मंसिर २०७३, बिहीबार ०३:४९

मङ्सिर २, बर्दिवास । जङ्गली हात्तीले खानेपानीको पाइप उखेली दिएपछि महोत्तरीको बर्दिवास नगरपालिकाको रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको छ । 

एक सातादेखि बर्दिवासको चुरे काछका बस्तीमा पसेका चारवटा हात्तीले बुधबारसाँझ पानी उर्रा खोल्सीमा बिछ्याइएको खानेपानी पाइप उखेलेपछि रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको हो । 

हात्तीले खानेपानीको तीनसय मिटर पाइप उखेलेर टुक्र्याइ दिएपछि खानेपानी लिन खोला झर्न परेको रजवासका बासिन्दाको भनाइ छ । यसअघि गत आइतबार बस्ती पसेको हात्तीले बस्तीका रामबहादुर बुजई र पाण्डव बुजईको घर भत्काएको र ३५ मुरी अन्न खाएर नोक्सानसमेत गरेको सो बस्तीका सामाजिक कार्यकर्ता हस्तबहादुर आलेले बताउनुभयो । 

बस्ती पसेको हात्तीले सयौँ केराका बोट लाछेर क्षति पु¥याएको छ । जङ्गली हात्ती बस्ती पसेपछि स्थानीय बासिन्दा डरले घर छाड्न थालेका सोही बस्तीका रामबहादुर थापा बताउनुहुन्छ । सिन्धुलीको कमलाखुँजतिरबाट चुरे कटेर झरेका हात्तीले बर्दिवास नपाका पर्साहीधाप, पाटु, कालापानी, भुल्के, वरडाँडा लगायतका बस्तीमा दिनहुँजसो बालीनाली नोक्सान गरिरहेको छ । 

यसैबीच, हात्ती लघार्न ती बस्तीमा पुगेको प्रहरी टोली दिउँसो हात्ती नदेखिएपछि क्षति विवरण मात्र लिएर फर्किएको सर्वसाधारणले बताएका छन् । हात्ती दिनभरि घना जङ्गलभित्र पस्ने र रात परेपछि मात्र बस्ती पस्ने गरेको कालापानीका बासिन्दा इन्द्रबहादुर पुलामीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले