धु्रबसागर शर्मा/मङ्सिर ३, म्याग्दी ।  

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धु्रबसागर शर्मा/मङ्सिर ३, म्याग्दी ।  

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अव"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था’

३ मंसिर २०७३, शुक्रबार ०६:२६

धु्रबसागर शर्मा/मङ्सिर ३, म्याग्दी ।  

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। 

कल्ले के गर्छ ? पायसी सबैले आफ्नै पेट भर्छ ।। 

गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बगरफाँटका गाउँलेका आँखा रसाए । चार छोरी, एक छोरा, श्रीमती र आफ्नो हातमुख जोड्नका लागि सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटकी गोमादेवी शर्माले एक सय रुपैया र तीन माना चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो । 

सूचना र संचारको पहुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका छन् । 

बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुल्न थालेपछि हो वा पुख्र्यौली पेसाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् । 

धेरै समयपछि बगरफाँटमा भेटिएका दिलबहादुर गन्धर्वले पनि अरू कुनै सीप नभएकाले पुख्र्यौली पेसालाई विगत ३७ बर्षदेखि अपनाउनु आफ्नो बाध्यता भएको दुःखेसो पोख्दै सारङ्गीको धुनमा देशको बिग्रँदो अवस्था र नेताको स्वार्थका बारेमा तीतो यथार्थ व्यक्त गरे । 

गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बगरफाँटसम्म आइपुगेका उनले गीतमा संविधान कार्यान्वयनका कुरादेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्ततालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता