मङ्सिर ३, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा आज सुरु गरेको छ । यही मङ्सिर ५ गतेसम्म चल्ने उक्त पूजामा चैत्यको प्राणप्रतिष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा आज सुरु गरेको छ । यही मङ्सिर ५ गतेसम्म चल्ने उक्त पूजामा चैत्यको प्राणप्रतिष्"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा

३ मंसिर २०७३, शुक्रबार ०७:१६

मङ्सिर ३, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा आज सुरु गरेको छ । यही मङ्सिर ५ गतेसम्म चल्ने उक्त पूजामा चैत्यको प्राणप्रतिष्ठा तथा बौद्ध परम्पराअनुसार पाठलगायत अन्य पूजा गरिनेछ । 

बौद्ध धर्मावलम्बीले ठूलो आस्थाका रुपमा मान्ने चैत्यको विभिन्न भागमा जीर्णोद्धारका क्रममा कुल्चिएका तथा जानी/नजानी विभिन्न दोषपूर्ण गरिएका कार्यबाट मुक्त हुनका लागि सो पूजा गरिन लागेको हो । गत वर्ष भूकम्पले क्षति भएको बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि यस किसिमको विशेष पूजा गर्न लागिएको हो । 

बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायमा निङ्मा, काग्यु, गेलुक र शाक्य चारवटा परम्परा छन् । ती परम्पराका धर्मगुरुले चैत्यको चारै दिशामा बसेर चैत्यको शुद्धीकरणका लागि विधिविधानपूर्वक पूजा तथा शान्तिका लागि परित्राण पाठ गर्नुभएको छ । करिब छसय लामा गुरुको सहभागिता रहेको उक्त कार्यक्रममा भक्तजन तथा धर्मावलम्बीको ठूलो सहभागिता देख्न पाइन्छ । 

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले भूकम्पका कारण चैत्यको त्रयोदश भूवनका साथै अन्य विभिन्न भागमा क्षति पुगेकाले आवश्यकताअनुसार पुनःनिर्माण तथा जीर्णोद्धार विभिन्न भक्तजन दातृ सङ्घसंस्थाबाट सम्पन्न गरिएको जानकारी दिनुभयो । समितिले करिब रु २३ करोडको लागतमा चैत्यको जीर्णोद्धार कार्य सम्पन्न गरिएको जनाएको छ । 

श्रीलङ्का, म्यान्मा, लाओस, भियतनाम, थाइल्यान्डलगायत दातृ मुलुकका कूटनीतिक प्रतिनिधिको सहभागितामा यही मङ्सिर ७ गते सो चैत्यको उद्घाटन प्रधानमन्त्रीबाट गरिने बताइएको छ । पाँचौ शताब्दीमा निर्माण भएको सो चैत्य अहिले विश्व सम्पदा सूचीमा सूचीकृत छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले