मङ्सिर ३, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा आज सुरु गरेको छ । यही मङ्सिर ५ गतेसम्म चल्ने उक्त पूजामा चैत्यको प्राणप्रतिष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा आज सुरु गरेको छ । यही मङ्सिर ५ गतेसम्म चल्ने उक्त पूजामा चैत्यको प्राणप्रतिष्"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा

२०७३, ३ मंसिर शुक्रबार ०७:१६

मङ्सिर ३, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा आज सुरु गरेको छ । यही मङ्सिर ५ गतेसम्म चल्ने उक्त पूजामा चैत्यको प्राणप्रतिष्ठा तथा बौद्ध परम्पराअनुसार पाठलगायत अन्य पूजा गरिनेछ । 

बौद्ध धर्मावलम्बीले ठूलो आस्थाका रुपमा मान्ने चैत्यको विभिन्न भागमा जीर्णोद्धारका क्रममा कुल्चिएका तथा जानी/नजानी विभिन्न दोषपूर्ण गरिएका कार्यबाट मुक्त हुनका लागि सो पूजा गरिन लागेको हो । गत वर्ष भूकम्पले क्षति भएको बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि यस किसिमको विशेष पूजा गर्न लागिएको हो । 

बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायमा निङ्मा, काग्यु, गेलुक र शाक्य चारवटा परम्परा छन् । ती परम्पराका धर्मगुरुले चैत्यको चारै दिशामा बसेर चैत्यको शुद्धीकरणका लागि विधिविधानपूर्वक पूजा तथा शान्तिका लागि परित्राण पाठ गर्नुभएको छ । करिब छसय लामा गुरुको सहभागिता रहेको उक्त कार्यक्रममा भक्तजन तथा धर्मावलम्बीको ठूलो सहभागिता देख्न पाइन्छ । 

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले भूकम्पका कारण चैत्यको त्रयोदश भूवनका साथै अन्य विभिन्न भागमा क्षति पुगेकाले आवश्यकताअनुसार पुनःनिर्माण तथा जीर्णोद्धार विभिन्न भक्तजन दातृ सङ्घसंस्थाबाट सम्पन्न गरिएको जानकारी दिनुभयो । समितिले करिब रु २३ करोडको लागतमा चैत्यको जीर्णोद्धार कार्य सम्पन्न गरिएको जनाएको छ । 

श्रीलङ्का, म्यान्मा, लाओस, भियतनाम, थाइल्यान्डलगायत दातृ मुलुकका कूटनीतिक प्रतिनिधिको सहभागितामा यही मङ्सिर ७ गते सो चैत्यको उद्घाटन प्रधानमन्त्रीबाट गरिने बताइएको छ । पाँचौ शताब्दीमा निर्माण भएको सो चैत्य अहिले विश्व सम्पदा सूचीमा सूचीकृत छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल