९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छ दशकपछि लालपुर्जा पाउँदा हर्षित

३ मंसिर २०७३, शुक्रबार ०७:३६

मङ्सिर ३, रुपन्देही । लामो समयदेखि बुटवलको मुख्य राजमार्गमा भोगचलन गर्दै आएका जग्गाधनीले लालपुर्जाको प्रमाणपत्र पाएपछि हर्षित भएका छन् । लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको माग गर्दै आएकाहरुलाई मालपोत कार्यालय, बुटवलबाट पुर्जा वितरण गरिएको हो । 

चौँसट्ठी वर्षपछि बुटवलका १३५ जनाले भूमि भोगचलन गरेको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन् । बुटवल बाहिरबाट यहाँ आई बसे पनि उनीहरुले जग्गाधनी प्रमाणपत्र पाएका थिएनन् । लामो समयपछि जग्गाको प्रमाणपत्र पाएपछि उनीहरु निकै हर्षित भएका हुन् । 

विसं २०५० देखि जग्गाधनी लालपुर्जाको प्रमाणपत्र माग गर्दै आएका जग्गाधनीले ६४ वर्षपछि हालै भूमिसुधार मन्त्री विक्रम पाण्डे र नेकपा (एमाले) रुपन्देही क्षेत्र नं ४ का सभासद् विष्णु पौडेलले संयुक्त रुपमा लालपुर्जा वितरण गर्नुभएको थियो । 

बहाल विटौली, कोदाले, आकडा जग्गा दर्ता समिति बुटवलका अध्यक्ष खेमप्रसाद लुइँटेलले जग्गाधनी लालपुर्जा प्राप्त गरेपछि भूमिसुधार मन्त्री विक्रम पाण्डे, पूर्व भूमिसुधार मन्त्री दलबहादुर राना र एमाले उपमहासचिव विष्णु पौडेलले गरेको सहयोगप्रति बधाई ज्ञापन गर्नुभयो । 

सरकारले १८४ जनालाई जग्गाधनी लालपुर्जा वितरण गर्ने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकाका वडा नं ६, ७ र ८ का बहलवाला विटौली, कोदालेले मात्र जग्गाधनी लालपुर्जा पाएका छन् भने बाँकी अन्यले पछि लालपुर्जा पाउने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो