मङ्सिर ३, काठमाडौँ । स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ । 

योसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ । 

योसँ"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका सात क्लिनिकमा सिलबन्दी

३ मंसिर २०७३, शुक्रबार १५:०२

मङ्सिर ३, काठमाडौँ । स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ । 

योसँगै अनुगमन टोलीले आजसम्म ३७ निजी क्लिनिकमा सिलबन्दी गरेको छ । 

टोलीले आज काठमाडौँमा २० र ललितपुरमा ११ निजी स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको थियो । स्वास्थ्य सेवा विभागका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वको टोलीले काठमाडाँैको कालिमाटीदेखि कलङ्कीमा रहेका क्लिनिकमध्ये सुभारम्भ डेन्टल क्लिनिक, हक मेडिकल हल, स्पार्क पोली क्लिनिक, कालिमाटी डेन्टल क्लिनिक, सिटी भ्याली डेन्टल क्लिनिकमा तालाबन्दी गरेको हो । 

सिलबन्दी गरिएका क्लिनिक बिनादर्ता सञ्चालनमा रहेका र एक क्लिनिकले नवीकरण दर्ता नगरेको पाइएको थियो । त्यस्तै अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ललितपुर जिल्लाको ग्वार्कोमा रहेको कङ्काली मेडिकल हल र नीरञ्जन डेन्टल क्लिनिक एन्ड ल्याबमा सिलबन्दी गरेको छ । 

टोलीले ग्लोबल हस्पिटल एन्ड एजुकेसन फाउन्डेसनले गत साउनदेखि नवीकरण नगरेकाले नवीकरणका लागि पत्र काटिएको उपसचिव खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा अनुगमनमा खटिएको टोलीको अनुगमन जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो