2026-06-19 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यालय विस्तार गर्दै प्रहरी परिसर ललितपुर

2016-11-22

मङ्सिर ७, ललितपुर । महानगरीय प्रहरी परिसर, ललितपुर आफू मातहतका प्रहरी कार्यालय विस्तार र भौतिक पूर्वाधार सुधारमा लागेको छ ।

नागरिकलाई प्रहरीसम्म सहज पहुँच पु¥याउनका लागि कार्यालयको सुधार गर्न लागिएको परिसरले बताएको छ । यही वर्ष मात्रै कालेश्वर र लाँकुरीभञ्ज्याङ गरेर दुई ठाउँमा नयाँ कार्यालयको स्थापना भइसकेको छ ।

आगामी वर्ष छ नयाँ ठाउँमा प्रहरी कार्यालयको स्थापना गर्ने योजना परिसरको छ । तीन ठाउँमा नयाँ प्रभाग र तीन ठाउँमा इलाका प्रहरी कार्यालयको स्थापना हुन लागेको हो । फर्सिडोल, नखिपोट र छम्पीको चुनिखेल गरेर तीन स्थानमा नयाँ प्रभागको तयारी भएको छ । सिद्धिपुर, टीकाथली र लामाटारमा इलाका प्रहरी कार्यालयको तयारी भइरहेको परिसरले जनाएको छ ।

डुकुछापको फर्सिडोलमा कार्यालय चाँडै स्थापना हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले बताए। उनले भने, “झन्डै सबैखालका तयारी भइसकेकाले कार्यालय चाँडै खुल्दैछ ।” स्थानीयवासीसँगको सहकार्यमा बढी आवश्यक भएका ठाउँमा कार्यालय खुलाइएको उहाँले बताए।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले नागरिकको माग र आवश्यकताका आधारमा प्रहरीका नयाँ कार्यालयको स्थापना भइरहेको बताए। उनले भने, “माग भएका ठाउँमा साँच्चै आवश्यक भएमा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्छ । जिल्लाको मागलाई गृह मन्त्रालयले हेरेर मात्रै स्वीकृति र जनशक्ति पठाउने गर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग