Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सङघर्ष समितीका संयोजसहित ७ जनालाई प्रहरिले समात्यो

By kit 3 मिनेट पढाइ

मङ्सिर ७, मुगु । मुगु स्थानीय निकाय पुनर्संरचना प्रक्रिया विवादका कारण मुगु सदरमुकाम गमगढीमा दिनहुँ प्रदर्शन गर्दै आएका ७ जना आन्दोलाकारीलाई आज सदरमुकाम प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तारमा पर्नेहरुमा सङघर्ष समितीका संयोजक दान बहादुर शाही, धर्मराज शाही, देविलाल मल्ल, राजेन्द्र बहादुर शाही, जय बहादुर शाही लगायत ७ जना रहेका छन् । गिरफ्तारमा परेका व्यक्तिहरुलाई आजै साझँ रिहाई गरिने वा नगरिने साझँ निर्णय हुने प्रहरी नायव उपरिक्षक शारदा प्रसाद चौधरीले जानकारी दिनुभयो  ।

रारा गाउँपालीकाको माग गदै  ६ नम्बर ईलाकाका रारा, कालै र धैनकोट गाउँ बिकास समितीका स्थानिय बासिन्दाले ३ गाविसलाई एक गाउँपालिका बनाउनुपर्ने माग राख्दै आएका थिए । बिगत २ हप्ता अगाडी देखी सदरमुकाममा प्रदर्शन गर्दै आएका स्थानिय बासिन्दा र प्रहरी बिच हिजो सोमबार झडप हुदा १२ जना घाइते भएका थिए ।

९ वटा ईलाकाहरु रहेको मुगु जिल्लालाई ३ गाउँपालिका र १ नगरपालिका बनाउने खाका स्थानिय निकाय पुनसंरचना आयोगमा सिफारिस गरिएपछि रारा, कालै धैनकोट गाविसका स्थानिय बासिन्दा आन्दोलन्मा उत्रिएका हुन् । नन्द बहादुर रोकायाको सहयोगमा