पुस ८, चितवन । चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ 

उक्त अभियानको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, चितवन । चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ 

उक्त अभियानको प"/>

2026-07-10 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन हजार भूकम्पपीडित कहाँबाट थपिए ?

2016-12-23

पुस ८, चितवन । चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ 

उक्त अभियानको प्रक्रिया सुरु भएको तथ्याङ्क कार्यालय चितवनले जनाएको छ । पछि कुनै विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख तथा भूकम्पपीडितको विवरण सङ्कलन कार्यक्रमका संयोजक जीवनाथ आचार्यले जानकारी दिए ।

फोटोसहितको मतदाता नामावली सङ्कलन भएजस्तै यसपटक भूकम्पले क्षति पु¥याएको घरको अवस्था अध्ययन गरी फोटोसमेत सङ्कलन गरिने आचार्यले जानकारी दिए ।

यसका लागि जिल्लामा ५२ जना इन्जिनियर र ५२ जना सामाजिक परिचालक परिचालन गर्ने उनले बताए ।

उनका अनुसार जुन दिन तथ्याङ्क सङ्कलन गरिएको हुन्छ, त्यही दिन नै सिंहदरबारको सूचना केन्द्रलगायत सम्बन्धित क्षेत्रमा पठाइने व्यवस्थासहित विवरण सङ्कलनको तयारी गरिएको हुन्छ ।

चितवन जिल्लामा अहिले १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् ।

हालै सुरु भएको भूकम्पपीडितको पुनः लगत सङ्कलनका क्रममा यसरी पीडितहरुको निवेदन सङ्कलन भएको हो। सामान्य क्षतिसहित विगतमा चितवनमा १५ हजार ७४९ भूकम्पपीडितको तथ्याङ्क आएकामा अहिले बढेर १८ हजार ७५२ पुगेको हो ।

चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँ÷गाउँमा नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरिएको बताए ।

पहिलो चरणमा सरकारबाट १५ हजार रुपैयाँ पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले तीन लाख रुपैयाँको राहत प्याकेज दिनेछ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट कम प्रभावित जिल्लामा समेत पुनःनिर्माणको काम सुरु गरेपछि जिल्लामा पुनः लगत सङ्कलन गरिएको हो ।

चितवनलगायत १७ जिल्लामा लगत सङ्कलन थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो