३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरियो सवारी ट्रायल दिने तरिका, अब यसरी दिनुपर्छ ट्रायल

२१ पुष २०७३, बिहीबार ०९:३४

पुस २१, काठमाडौं । सवारी चलाक अनुमति पत्र लिनको ट्रायल सेन्टरले ट्रायलको बिधि र नियममा नियममा परिवर्तन गरेको छ । काठमाडौंबाट चार पांग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न नयाँ नियम सुरु गरेको हो । 

नयाँ नियम अनुसार ट्रायलको बिधि र नियममा केहि परिमार्जन गरिएको छ । चार पांग्रे सवारीको अनुपत्र लिनको लागि ट्रायल दिंदा अब  पहिलेजस्तो पार्किङबाट सवारी सीधै ‘एट’ सेपमा प्रवेश गराउन पाइनेछैन । अब ट्रायल दिँदा सुरुमै गाडीले ‘टी’ सेपलाई क्रस गर्नुपर्नेछ । चालकले सुरुमा गाडी स्टार्ट गरेपछि सिधै ‘टी’ सेपमा लैजानेछन् । ‘टी’ सेप ट्रायलमा सबैभन्दा कठिन सेप मानिन्छ ।

यसअघिको प्रक्रिया अनुसार पहिले ‘एट’ सेपबाट ट्रायल सुरु हुन्थ्यो र ‘टी’ मा पुगेर टुङ्गिन्थ्यो । यसरी ट्रायल दिंदा 'एट' पास गरेकाहरु पनि 'टि' सेपमा गएर फेल हुन्थे । 

बिभागले अन्तिम पुगेर फेल हुनुभन्दा सुरुमै उक्त चरणको परिक्षा लिंदा समयको बचत पनि हुने र ट्रायल दिनेलाई पनि सहज हुने बताएको छ । अहिलेको नियम अनुसार सबैभन्दा बढी फेल हुने चरणलाई सुरुमै राख्दा धेरै जनाको ट्रायल लिन समय पाउन सकिनेछ ।

विभागले पछिल्लो पटक लिखित दिएर ३ पटकसम्म ट्रायल दिन पाउने ब्यवस्था गरेपछि ट्रायल दिनेको चाप बढेको छ । नयाँ नियमले ट्रायल सेन्टरमा बढ्ने चाप पनि थेग्न सकिने बिभागको विश्वास छ ।

नयाँ नियम परिवर्तन भएपछी चार पांग्रे गाडीको ट्रायल दिनेले अब गाडी स्टार्ट भएपछी पहिला ‘टी’ हुँदै ‘एट’, ‘यु’, भएर हाइटमा चढेर र्‍याम्प पुगेपछि ट्रायल पास हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’