पुस २४, वीरगंज | स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत ८ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुलाई आज स्थानिय प्रहरी प्रशासनले कार्यालय प्रबेशमा रोक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २४, वीरगंज | स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत ८ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुलाई आज स्थानिय प्रहरी प्रशासनले कार्यालय प्रबेशमा रोक "/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरगंजमा हेल्थ असिष्टेन्टहरुलाई कार्यालयमा प्रवेश निषेध

२०७३, २४ पुष आईतवार ०७:०३

पुस २४, वीरगंज | स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत ८ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुलाई आज स्थानिय प्रहरी प्रशासनले कार्यालय प्रबेशमा रोक लगाएको छ । बिहान १० बजे धारणा दिन कार्यालय पुगेका आन्दोलनकारीहरुलाई प्रहरीले सुरक्षाको कारण देखाउदै कार्यालय परिसरमा आन्दोलन गर्न रोक लगाएको हो । 

उता आफनै कार्यालयमा प्रहरीले छिर्न नदिएर लोकतन्त्रको धज्जी उडाएको आन्दोलनरत हेल्थ असिष्टेन्ट संघ पर्साका अध्यक्ष रबिन्द्र साहले बताए । साहले शान्तिपुर्ण आन्दोलन पनि गर्न नदिएर स्थानिय प्रशासनले हामी माथि अनावश्यक दमन गर्न खोजेको आरोप लगाए । यसैगरी स्वास्थ्यकर्मी जस्ता राष्ट्रसेवक कर्मचारीहरुलाई लामो समय सम्म स्थानिय प्रशासनले आन्दोलन गर्न बाध्य बनाउनु दुर्भाग्यपुर्ण भएको आन्दोलन समितीका सदस्य शिवनारायण मण्डलले बताए । मण्डले स्थानिय प्रशासन हामीहरुको मांग सम्बोधन गर्नुको सट्टा व्यापक प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी आन्दोलन तुहाउने तर्फ लागेको आरोप लगाए  । उनले हाम्रो मांग प्रति स्थानिय निकाय गम्भिर नदेखिए जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको मुलगेटमै अनसन बस्ने चेतावनी दिए । 

 आन्दोलनमा हेल्थ असिष्टेन्ट संघ नेपालक केन्द्रिय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी,  सचिव राजु साह,  विनु श्रेष्ठ, अपसरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिती रहेको छ । 

पुस १७ गते देखि चरणवद्ध आन्दोलनमा उक्रेका पर्साका हेल्थ असिष्टेन्टहरु मांग पुरा नभए सम्म आन्दोलन जारी राख्ने संघका अध्यक्ष रबिन्द्र साहले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प