पुस २४, वीरगंज | स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत ८ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुलाई आज स्थानिय प्रहरी प्रशासनले कार्यालय प्रबेशमा रोक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २४, वीरगंज | स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत ८ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुलाई आज स्थानिय प्रहरी प्रशासनले कार्यालय प्रबेशमा रोक "/>
१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरगंजमा हेल्थ असिष्टेन्टहरुलाई कार्यालयमा प्रवेश निषेध

२४ पुष २०७३, आईतवार ०७:०३

पुस २४, वीरगंज | स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत ८ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुलाई आज स्थानिय प्रहरी प्रशासनले कार्यालय प्रबेशमा रोक लगाएको छ । बिहान १० बजे धारणा दिन कार्यालय पुगेका आन्दोलनकारीहरुलाई प्रहरीले सुरक्षाको कारण देखाउदै कार्यालय परिसरमा आन्दोलन गर्न रोक लगाएको हो । 

उता आफनै कार्यालयमा प्रहरीले छिर्न नदिएर लोकतन्त्रको धज्जी उडाएको आन्दोलनरत हेल्थ असिष्टेन्ट संघ पर्साका अध्यक्ष रबिन्द्र साहले बताए । साहले शान्तिपुर्ण आन्दोलन पनि गर्न नदिएर स्थानिय प्रशासनले हामी माथि अनावश्यक दमन गर्न खोजेको आरोप लगाए । यसैगरी स्वास्थ्यकर्मी जस्ता राष्ट्रसेवक कर्मचारीहरुलाई लामो समय सम्म स्थानिय प्रशासनले आन्दोलन गर्न बाध्य बनाउनु दुर्भाग्यपुर्ण भएको आन्दोलन समितीका सदस्य शिवनारायण मण्डलले बताए । मण्डले स्थानिय प्रशासन हामीहरुको मांग सम्बोधन गर्नुको सट्टा व्यापक प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी आन्दोलन तुहाउने तर्फ लागेको आरोप लगाए  । उनले हाम्रो मांग प्रति स्थानिय निकाय गम्भिर नदेखिए जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको मुलगेटमै अनसन बस्ने चेतावनी दिए । 

 आन्दोलनमा हेल्थ असिष्टेन्ट संघ नेपालक केन्द्रिय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी,  सचिव राजु साह,  विनु श्रेष्ठ, अपसरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिती रहेको छ । 

पुस १७ गते देखि चरणवद्ध आन्दोलनमा उक्रेका पर्साका हेल्थ असिष्टेन्टहरु मांग पुरा नभए सम्म आन्दोलन जारी राख्ने संघका अध्यक्ष रबिन्द्र साहले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन