पुस २४, काठमाडौं । राजधानीको जोरपाटीमा सनिबार आयोजित एक सहकारीको साधारण सभामा बोल्दै संसाद रामेश्वर फुयाँलले अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन हुनु पर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २४, काठमाडौं । राजधानीको जोरपाटीमा सनिबार आयोजित एक सहकारीको साधारण सभामा बोल्दै संसाद रामेश्वर फुयाँलले अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन हुनु पर्"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकताः सांसद फुयाँल

२४ पुष २०७३, आईतवार १३:४५

पुस २४, काठमाडौं । राजधानीको जोरपाटीमा सनिबार आयोजित एक सहकारीको साधारण सभामा बोल्दै संसाद रामेश्वर फुयाँलले अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन हुनु पर्ने बताए । 

पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था गोकर्णको दशौ बार्षिक साधारण सभाको प्रमुख अतिथि समेत रहेका फुयाँलले सहकारी नीतिको कार्यन्वयनमा जोड दिदै व्यवस्थित र मार्यदित बनाउन राज्यले महत्वपुर्ण भूमिका खेल्नु पर्ने उल्लेख गरे । साथै सहकारीलाई उत्पादनको मूख्य केन्द्र बनाउन अग्राह गरे । उनले सरकारको बार्षिक बजेटका कुरा समेत संविधानमा आउनु पर्ने बताउँदै आर्थिक सम्पननतालाई सामाजिक जागारणमा जोड दिनु पर्ने बताए । 

त्यस्तै शिक्षा मन्त्रालका उपसचिव प्रकाश सापकोटाले सहकारीमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पनि लगानी गर्नु पर्ने बताए । कार्यक्रममा बोल्दै उक्त सहकारीका सल्लाकार डाक्टर विदूर चालिसेले सहकारी प्रणलीको विकास संगै विश्वको व्यक्तिहरुको जीवनयापनमा सहज भएको बताउँदै साझेदारीबाट सहकारीको सिद्धान्त र परिकल्पना भएको उल्लेख गरे । 


उक्त कार्यक्रममा जया मल्टिपल क्याम्पसका प्रार्चाय भवनी पौडेलले सहकारीमा बचत गर्ने कार्यले मान्छेको व्यवहारमै सकारात्मक परिवर्तन आउने भएकोले सबैले बचत गर्ने कार्यलाई सशक्त रूपमा सबै लाग्न प्रेरित गरे । साथै बच्चाहरुको अध्ययनमा समेत सहयोग मिल्ने भएकोले कानुनी मापदण्ड पुगेका जुनसुकै सहकारीमा बचत गर्ने कार्य उत्कृष्ठ रहेको समेत बताए । 

आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सहकारी भन्ने मूल नारा सहित स्थापना भएको सहकारीले दश वर्ष पार गरेको उल्लेख गर्दै सहकारीको अध्यक्ष हरिकृष्ण श्रेष्ठले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत पछि संस्थाको वार्षिक गतिविधि संगै उत्कृष्ठ बचत कर्ता, ऋणी कारोबार, शेयर सदस्य र कर्मचारीलाई समेत पुरस्कार सहित सम्मान गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’