पुस २६, काठमाडौँ | माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौँ | माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मे"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तारुका र बेत्रावतीमा अठ्ठाइस हल गोरु जुधाइने

२६ पुष २०७३, मंगलवार ०९:११

पुस २६, काठमाडौँ | माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको जानकारी दिनुभयो । 

कार्यक्रममा नेकपा (एमाले), पर्यटन विभाग प्रमुख सूर्य थापाले परम्परागत रुपमा चल्दै आएको यस्ता पर्वलाई निरन्तरता दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको विकास भए मात्र पर्यटन क्षेत्रको विकास सम्भव छ । ” 

नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले नेपालको सांस्कृतिक क्षेत्रलाई पर्यटनका रुपमा विकास गर्न पर्यटन बोर्ड लागिरहेको स्पष्ट पार्नुभयो । 

तारुका माघे सङ्क्रान्ति गोरुजुधाइ समितिका संयोजक दीपेश शाक्यले लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको जानकारी दिनुभयो । उहाँले गोरु जुधाइका क्रममा मरिहाल्यो भने रु ३० हजार दिने व्यवस्था समितिले मिलाएको स्पष्ट पार्नुभयो । 

रसुवा बेत्रावती गोसाइँकुण्ड युवा क्लबका सचिव गणेश श्रेष्ठले नुवाकोटदेखि बेत्रावतीमा गोरु लगेर जुधाउने गरेकामा गोरु घाइते भएको खण्डमा रु १० हजार र मरेमा २५ हजारको व्यवस्था मिलाएको जानकारी दिनुभयो । 

रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछाने, महासचिव शिव अधिकारी, पर्यटन व्यवसायी दीपक महतलगायतले परम्परागत रुपमा मनाउँदै आएको गोरुजुधाइँ मेलालाई पर्यटकीय आकर्षकको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रचारप्रसार उपसमितिका संयोजक विष्णु तारुकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नमा गोरुजुधाइ राम्रो अवसर हो भन्नुभयो । 

नुवाकोट र रसुवाका किसानले माघेसङ्क्रान्तिमा गोरु जुधाउनका लागि असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन् । करिब दुई सय वर्षअघि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा भान्जाको मनोरञ्जनका लागि गोरु जुधाएको स्मरणमा बर्सेनि माघेसङ्क्रान्तिमा तारुका गोरु जुधाइ हुने गरेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’