सैलेश लोप्चन | पुस २७, काठमाडौ | रसुवाको बेत्रावाती र नुवाकोटको तरुकामा प्रत्येक वर्ष हुने गोरुजुधाइ कार्यक्रम यो वर्ष पनि हुने भएको छ । 

यो वर्ष रसुवाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सैलेश लोप्चन | पुस २७, काठमाडौ | रसुवाको बेत्रावाती र नुवाकोटको तरुकामा प्रत्येक वर्ष हुने गोरुजुधाइ कार्यक्रम यो वर्ष पनि हुने भएको छ । 

यो वर्ष रसुवाको"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघेपर्वमा रसुवा र नुवाकोटमा गोरु जुधाइ हुने

२०७३, २७ पुष बुधबार ०३:१९

सैलेश लोप्चन | पुस २७, काठमाडौ | रसुवाको बेत्रावाती र नुवाकोटको तरुकामा प्रत्येक वर्ष हुने गोरुजुधाइ कार्यक्रम यो वर्ष पनि हुने भएको छ । 

यो वर्ष रसुवाको बेत्रावातीमा १० हल र नुवाकोटको तारुकामा १८ हल गोरु जुधाइको लागी छानिएको गोरुजुधाइ कार्यक्रमका आयोजकले जानकारी दिएको छ । 

मंगलबार नेपाल पर्यटन बोर्ड काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको सम्पुर्ण तयारी सकिएको रसुवा, नुवाकोट पर्यटन समाजद्दारा जानकारी दिएको  छ । यो गोरु जुधाइ कार्यक्रम रसुवाको बेत्रावातीमा नेपाल-चीन सन्धिको खुसियालीमा वि.स.१९४८ बाट सुरु भएको पाइन्छ । तर नुवाकोटमा भने बझाङी राजा जय पृथ्वी बहादुर सिंह मामा घर आउँदा भान्जालाई खुसी पार्न वि. स. १९८७ बाट सुरु गरिएको बताउँछन् । उक्त गोरु जुधाइ कार्यक्रममा बिजेता गोरुलाई नगद  पुरस्कारको ब्यवस्था रहेको जनाएको छ । उक्त पुरस्कार राशी ३ हजार भन्दा माथी हुने पत्रकार सम्मेलनमा जनाएको छ । उक्त कार्यक्रममा जानकारी दिदै रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, महासचिव शिव अधिकारी लगायतका पदाधिकारीले उक्त गोरुजुधाइ कार्यक्रमको सम्पुर्ण तयारी सकिएको र यसको महत्वको बारेमा बिस्तृत जानकारी दिएको थियो ।

उक्त कार्यक्रमलाई थप प्रष्ट पर्न अघिल्लो वर्षहरुमा भएको गोरुजुधाइको  डकुमेन्ट्री तथा अन्य संस्कृतिक विविधतालाई समेत प्रस्तुत गरिएको  थियो । साथै रसुवा-नुवाकोट पर्यटन समाजको सल्लाहकार तथा पर्यटन व्यावसाय दिपक महतले यो पर्वलाई  व्यवस्थापन गर्दै  वैदेशिक पर्यटनलाई समेत प्रबर्द्धन गर्नु पर्ने बताएका थिए । पर्यटन बोर्डका एक अधिकारीले बोल्दै यस्तो पर्व तथा मेलाले अन्तरिक पर्यटकलाई चलायमान बनाएर आर्थिक रुपान्तरणलाई मजबुत बनाउन सकिने बताएका थियो । यो गोरु जुधाइ कार्यक्रमको लागी सरकारले प्रोत्साहन स्वरुप २/२ लाख र १ लाख रुपयाँ आवस्यक पुर्वाधारका लागी भन्दै रु ५ लाख दिएको जानकारी गराएका थियो ।

 नोट: काठमाडौबाट प्रचारप्रसारको लागी कुनै मिडियाका पत्रकार मित्रहरु जानुहुनेभए निशुल्क बसको ब्यबस्था समेत रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन