सैलेश लोप्चन | पुस २७, काठमाडौ | रसुवाको बेत्रावाती र नुवाकोटको तरुकामा प्रत्येक वर्ष हुने गोरुजुधाइ कार्यक्रम यो वर्ष पनि हुने भएको छ । 

यो वर्ष रसुवाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सैलेश लोप्चन | पुस २७, काठमाडौ | रसुवाको बेत्रावाती र नुवाकोटको तरुकामा प्रत्येक वर्ष हुने गोरुजुधाइ कार्यक्रम यो वर्ष पनि हुने भएको छ । 

यो वर्ष रसुवाको"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघेपर्वमा रसुवा र नुवाकोटमा गोरु जुधाइ हुने

२७ पुष २०७३, बुधबार ०३:१९

सैलेश लोप्चन | पुस २७, काठमाडौ | रसुवाको बेत्रावाती र नुवाकोटको तरुकामा प्रत्येक वर्ष हुने गोरुजुधाइ कार्यक्रम यो वर्ष पनि हुने भएको छ । 

यो वर्ष रसुवाको बेत्रावातीमा १० हल र नुवाकोटको तारुकामा १८ हल गोरु जुधाइको लागी छानिएको गोरुजुधाइ कार्यक्रमका आयोजकले जानकारी दिएको छ । 

मंगलबार नेपाल पर्यटन बोर्ड काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको सम्पुर्ण तयारी सकिएको रसुवा, नुवाकोट पर्यटन समाजद्दारा जानकारी दिएको  छ । यो गोरु जुधाइ कार्यक्रम रसुवाको बेत्रावातीमा नेपाल-चीन सन्धिको खुसियालीमा वि.स.१९४८ बाट सुरु भएको पाइन्छ । तर नुवाकोटमा भने बझाङी राजा जय पृथ्वी बहादुर सिंह मामा घर आउँदा भान्जालाई खुसी पार्न वि. स. १९८७ बाट सुरु गरिएको बताउँछन् । उक्त गोरु जुधाइ कार्यक्रममा बिजेता गोरुलाई नगद  पुरस्कारको ब्यवस्था रहेको जनाएको छ । उक्त पुरस्कार राशी ३ हजार भन्दा माथी हुने पत्रकार सम्मेलनमा जनाएको छ । उक्त कार्यक्रममा जानकारी दिदै रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, महासचिव शिव अधिकारी लगायतका पदाधिकारीले उक्त गोरुजुधाइ कार्यक्रमको सम्पुर्ण तयारी सकिएको र यसको महत्वको बारेमा बिस्तृत जानकारी दिएको थियो ।

उक्त कार्यक्रमलाई थप प्रष्ट पर्न अघिल्लो वर्षहरुमा भएको गोरुजुधाइको  डकुमेन्ट्री तथा अन्य संस्कृतिक विविधतालाई समेत प्रस्तुत गरिएको  थियो । साथै रसुवा-नुवाकोट पर्यटन समाजको सल्लाहकार तथा पर्यटन व्यावसाय दिपक महतले यो पर्वलाई  व्यवस्थापन गर्दै  वैदेशिक पर्यटनलाई समेत प्रबर्द्धन गर्नु पर्ने बताएका थिए । पर्यटन बोर्डका एक अधिकारीले बोल्दै यस्तो पर्व तथा मेलाले अन्तरिक पर्यटकलाई चलायमान बनाएर आर्थिक रुपान्तरणलाई मजबुत बनाउन सकिने बताएका थियो । यो गोरु जुधाइ कार्यक्रमको लागी सरकारले प्रोत्साहन स्वरुप २/२ लाख र १ लाख रुपयाँ आवस्यक पुर्वाधारका लागी भन्दै रु ५ लाख दिएको जानकारी गराएका थियो ।

 नोट: काठमाडौबाट प्रचारप्रसारको लागी कुनै मिडियाका पत्रकार मित्रहरु जानुहुनेभए निशुल्क बसको ब्यबस्था समेत रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’