पुस २७, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २७, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्त"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्ति चित्र अनावरण

२७ पुष २०७३, बुधबार ०८:२४


पुस २७, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्रस्थापना गरिएको छ । 

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्रएक देशभक्तनागरिकका हैसियतले नेपाली सेनाका प्रधानसेनापति महारथीश्री राजेन्द्र क्षेत्रीज्यूले आज अनावरण गर्नुभएको हो । चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्ति चित्र निर्माण गरिएको हो । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनका दिव्योपदेशमा उल्लेख गरिएकोछ ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षश्री चन्द्रप्रसाद ढकालले विगत सात वर्षदेखिको अथक मेहनत र निरन्तरको परिश्रमपछि परियोजना सम्पन्न भएको जानकारी दिँदै परियोजना निर्माणमा स्थानीय समुदायबाट प्राप्त सहयोगको प्रशंशा गर्नुभयो । 


पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस चन्द्रागिरि पर्वतमा उहाको २९५ औं जन्मजयन्तीका अवसरमा मूर्ति चित्र निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष ढकालले चन्द्रागिरि हिल्स लिमिटेड सम्पूर्ण पर्यटककहरुका लागि सजिलो गन्तब्य बन्दै गएको जानकारी दिनुभयो ।

चन्द्रागिरि हिल्स लिमिटेडका संचालक हेमराज ढकालले देवादीदेव महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वी परिक्रम गर्दा सतीदेवीको भाल अर्थात निधार पतन भएर भालेश्वर महादेव उत्पति भएको भन्ने कुरा स्वस्तानी कथामा बर्णन गरिएकाले धार्मिक पर्यटनका दृष्टिले पनि चन्द्रागिरि महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’