प्रशन्न पोखरेल/पुस २७, गोरखा । लाप्राक–१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जङ्गलमा थुप्रिएको हिउँ सोहोर्दै छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नमुना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रशन्न पोखरेल/पुस २७, गोरखा । लाप्राक–१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जङ्गलमा थुप्रिएको हिउँ सोहोर्दै छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नमुना"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँ फाल्दै टहरो बनाउँदै लाप्राकी

२७ पुष २०७३, बुधबार ०९:४५

प्रशन्न पोखरेल/पुस २७, गोरखा । लाप्राक–१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जङ्गलमा थुप्रिएको हिउँ सोहोर्दै छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नमुना बस्ती निर्माण गर्न घडेरी खार्न थालेपछि विस्थापित उनले नजिकैको जङ्गलभित्र टहरो बनाउन सुरु गरेका छन् । 

‘गोरखा भूकम्प’ले पुरानो लाप्राक गाउँबाट विस्थापित ६०० घरपरिवार अहिले गुप्सीपाखाबाट पनि विस्थापित भएका छन्। गुप्सीमा टहरो बनाएर बसेका भूकम्प प्रभावितमध्ये अधिकांश रिनजुलुङ, सानो रिनजुलुङ तथा पुरानै लाप्राक गाउँतर्फ झरेका छन् ।

भुमे सामुदायिक वनको जग्गा सरकारले लाप्राकीलाई भोगचलन गर्ने अधिकारसहित घडेरी दिएकामा अहिले एनआरएनएले बुलडोजर लगाएर धमाधम घडेरी खार्ने काम गरिरहेको छ। गुप्सीमा रहेका करिब ६०० टहरो भत्काइएकाले भूकम्प प्रभावित पुनः डाँडाकाँडामा टहरो बनाउन बाध्य भएका हुन् । 

टहरो मात्रै होइन, गुप्सीबाट स्वास्थ्य चौकी, विद्यालय पनि अन्यत्र सारिएको छ। टहरो बनाउने घडेरी तयार गर्न हिउँ फ्याक्दै गरेका लाप्राकका मानबहादुर गुरुङले भने, “गुप्सीका टहरा भताभुङ्ग भो । घरको ठेगान नहुँदा दुःख पाइयो। तीन ठाउँमा टहरो बनाइसके ।”

हिउँ परेपछि लाप्राकीको जनजीवन कष्टकर बनेको छ । बढ्दो चिसोमा त्रिपाल, जस्तापाताले छाएको टहरोमा बस्नुपर्दा वृद्धवृद्धा, बालबालिका, सुत्केरी, र बिरामी सकसमा छन् । एनआरएनएले छिटो घर बनाइदिओस् भन्ने उनीहरुको माग छ । चिसोबाट बच्न चोयाको चित्रो बुनेर छानामाथि चित्रो राख्दै गरेका रामबहादुर गुरुङले भने, “टहरोभित्र र टहरोको चारैतिर चित्रोले बार्दा चिसो कम हुन्छ । पहिलेभन्दा यसपालि जाडो बढ्यो । दिनहुँ हिउँ नपरे पनि तुसारोले चिसो बढायो ।”

गुप्सीपाखाबाट विद्यालय अन्यत्रै सारेपछि कक्षा ३ कि छात्रा तारा गुरुङ विद्यालय जान पाएकी छैनन् । मणिकामदेवी मावि पहिलेको ठाउँबाट एक किलोमिटर तल सारिएको हो । अहिले विद्यालय भवनको ९टहरो० बनाउने काम भइरहेको छ । चिसोले वृद्धवृद्धालाई रुघाखोकीजस्ता समस्याले सताएको छ । 

स्थानीय समाजसेवी मारर्सिङ गुरुङले भने, “गुस्सीमा नयाँ घर बनाउन घडेरी खारिएको छ । गाउँबासी पुनःयत्रतत्र चौरमा, बारीमा टहरो हालेर बसेका छन् ।” भूकम्पपछि गाउँबाट विस्थापित भएजस्तै गुप्सीबाट पनि विस्थापित भएका गाउँले पुनः टहरो बनाउनुपर्दा समस्यामा छन् । 

“भूकम्पपछि तीन ठाउँमा टहरो बनाइसके” गुरुङले भने, “पुनःनिर्माणले गति लिन नसक्दा चिसो स्याँठ खपेर बस्नुपरेको छ ।” गुप्सीबाट अरु ठाउँमा सरेका भूकम्प प्रभावितलाई पिउने पानी तथा शौचालयको पनि समस्या छ । भूकम्प प्रभावित ६१२ घरपरिवार भए पनि ५७३ को घर निर्माण गर्ने गरी घडेरी खारिएको भन्दै गुरुङले एनआरएनएप्रति असन्तुष्टि पनि जनाए ।

अक्टोबरसम्म घर हस्तान्तरण गर्छौं- एनआरएनए

लाप्राक नमुना बस्तीको काम आउँदो अक्टोबर ११ सम्म सक्ने र सोही दिन भूकम्प प्रभावितलाई घरको साँचो हस्तान्तरण गर्ने तयारी साथ काम अघि बढाइएको लाप्राक नमुना बस्ती पुनःनिर्माण अभियानमा खटिएका इन्चार्ज राजेन्द्र भट्टले बताए। अहिले घडेरी खार्ने काम अन्तिम चरणमा पुगेको र इँटा बनाउने मेसिन गुप्सीपाखा ल्याइसकिएको जानकारी उनले दिए। 

“दिनहुँ नौ हजार इँटा बनाउन मिल्ने उपकरण ल्याएका छौँ । इँटा बनाउन मिल्ने माटो खोजी गर्दै परीक्षण गरिरहेका छौँ” भट्टले भने । 

एनआरएनएले करिब १५० स्वयम्सेवक परिचालन गरी फेब्रुअरी १ मा घरको खन्ने र ५७३ निजी घरका साथै विद्यालय, स्वास्थ्यचौकी, गुरुङको संस्कार तथा संस्कृति झल्कने सङ्ग्रहालयलगायत संरचना निर्माण गर्ने भएको छ ।

एउटा घर निर्माणमा करिब १५ लाख खर्च हुनेछ । दुई तले घरमा चार कोठा हुन्छन् भने विद्युत् र सोलार जडित तातोपानी आउने गरी शौचालयमा पानीको व्यवस्था मिलाउने उनले बताए। “प्रत्येक घरको एउटा कोठा होमस्टेका लागि प्रयोग गर्ने गरी मिलाएका छौँ” उनले भने, “घरभित्र चिसो नहोस् भनेर सोलार र विद्युत्ले तातो बनाउने प्रविधि जडान गछौँ ।” घर निर्माण गरेपछि गोला प्रर्थाद्वारा भूकम्प प्रभावितलाई घरको साँचो दिने एनआरएनएले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भूकम्प प्रभावित टहरोमा दुःखसाथ बसिरहेको भन्दै छिटो घर बनाउन एनआरएनएलाई आग्रह गरेका छन्। मङ्गलबार लाप्राक पुगेका बस्नेतले सरकारको स्वीकृति बेगर गुप्सीमा मनपरि संरचना बनाउन नपाइने बताए ।

एनआरएनएले निजी आवाससहित सार्वजनिक संरचना बनाउने योजना साथ काम अघि बढाए पनि डक्टर एसोसिएसन नामक संस्थाले गुप्सीमा स्वास्थ्यचौकी भवन निर्माणको काम थालेपछि केही विवाद भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य