नरी बडु/पुस २९, बैतडी । पत्नीको हत्या गरी दाहसंस्कार गरेको आरोपमा जिल्लाको भौनेली–५ का २५ वर्षिय देवन्द्र बहादुर कुवरलाईलाई प्रहरीले पक्राउ गरेको छ ।
पुष २४ गते राती २३ वर्षिय देवकी कुवरको हत्या गरेका देवन्द्रले गाँउलेको सहयोगमा २५ गते बिहान दाहसंस्कार गरेका थिए । आरोपीलाई प्रहरीले २७ गते राती घरबाटै गिरप्तार गरेको छ । माईती पक्षलाई जानकारी नगराई दाहसंस्कार गरेपछि माईती पक्षले प्रहरीलाई पुष २७ गते बेलुका खबर गरेका थिए ।
उजुरी भने पुस २९ गते दर्ता भएको छ । देबेन्द्रका दाई जयबहादुर कुवरकी पत्नी भागरथि कुवर र देवकी कुवर दिदी बहीनी हुन् । देवकीको हत्या गरी आफुसंग रहेको मोबाईल समेत खोसेको देवकीकी बहिनी १९ वर्षिय भागरथि कुवरले बताए ।
दाहसंस्कार गरेर मलामी फर्केपछि मात्रै आफुलाई मोबाईल दिएको र पछि आफुले माईतमा जानकारी गराएको भागरथीले बताए । राती हत्या गरिएकी देवकीको शव २६ गते बिहान झिस्मीसेमै गाँउलेहरुको सहयोगमा दाहसंस्कार गरिएको थियो ।