माघ १, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेको छ । 

जसका करण शनिबार चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । उपत्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेको छ । 

जसका करण शनिबार चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । उपत्यक"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूनतम तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने

१ माघ २०७३, शनिबार १०:०९

माघ १, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेको छ । 

जसका करण शनिबार चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । उपत्यकामा न्यूनतम तापक्रम घटेकाले यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ । अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो । 

विन्टर सिजनकै क्रम भएकाले पनि बढी चिसो महसुस गरिएको मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिए । सामान्यतः मङ्सिर, पुस र माघलाई विन्टर सिजन मानिन्छ ।

न्यूनतम तापक्रम घट्ने भएकाले अझै केहीदिन चिसो कायमै रहने मौसमविद् सुवेदीले बताए । उनका अनुसार पश्चिमी वायुको असरका कारण आज साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बद्ली हुनुका साथै एक-दुई स्थानमा हल्का बर्षात् हुने सम्भावना छ ।

अन्य पहाडी क्षेत्रमा पनि सामान्य बद्लीसँगै छिटफुट बर्षात् हुनेछ । तराई क्षेत्रमा भने कुनै असर देखिएको छैन । पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार  आउने महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’