२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा जिप दुर्घटना हुँदा एकै परिवारका ८ जना घाइते

२०७३, १ माघ शनिबार १२:२७

माघ १, गुल्मी । बुटवलबाट गुल्मीको थानपतीतर्फ आउँदै गरेको जिप शनिबार गुल्मीको थोर्गामा दुर्घटना हुँदा एकै परिवारका ८ जना घाइते भएका छन् । 

बा ७ च ७७८३ नम्बरको जिप शनिबार माघे संक्रान्तिको अवसर पारेर रिडीको कालीगण्डकीमा स्नान गरेर घर आउने क्रममा थानपती गाविस-२ स्थित थोर्गामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक केशवराज भट्टराईले जानकारी दिए । 

तीब्र गतिमा गुडेको जिप घुम्तीमा मोड्ने क्रममा सडकदेखि एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा जिप चालक २३ वर्षका सुनिल गौतम, सागर गौतम, आकाश गौतम, समिर गौतम, आर्यान गौतम, आष्मा गौतम, अस्मिता गौतम र सुनिता ज्ञवाली रहेका छन् । 

घाइतेमध्ये सुनिता, अस्मिता र आष्माको अवस्था गम्भिर रहेको कारण उनीहरुलाई थप उपचारका लागि पाल्पास्थित मेडिकल कलेज प्रवासमा पठाइएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये तीनजनालाई टाउको र हात खुट्टामा गम्भिर चोट लागेको छ । अरु घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन