२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इँटाभट्टाभित्र बालबालिकाको भविष्य खोज्दै भारतीय कामदार

४ माघ २०७३, मंगलवार ०६:४४

गोपालप्रसाद पोख्रेल/माघ ४, मोरङ । मोरङको भौडाहा–९ मा मात्र विराट, अङ्कित, उत्सव, अम्बे, हिमाल, एसिसी, जनता तथा आकाश नामका इँटाहरु उत्पादन हुन्छन् । यी भट्टामा झन्डै तीन हजारको हाराहारीमा बहुसङ्ख्यक भारतीय कामदार छन् । 

काम गर्नेमा स–साना बालबालिका र महिला बहुसङ्ख्यक छन् भने इँटाभट्टा भित्रको अवस्था भयावह र कहालिलाग्दो छ । 

माघको कठ्याङ्गिँरदो जाडो । एकाबिहानैदेखि माटोमा काम गर्नुपर्ने उहाँहरुको बाध्यता हो । त्यही भट्टाभित्र रुमल्लिएको एउटा बस्तीको कथा निक्कै दर्दनाक छ । दैनिकरुपमा माटोसँग खेलिरहेका इँटाभट्टामा धेरै आमा र बालबालिका हुनुहुन्छ । कोही आफ्नो बच्चासहित भट्टामा काम गर्न आउनुभएको छ त कोही सेतै कपाल, दाह्री पाकिसकेका बुबासँगै १०–११ वर्षका बालबालीकासमेत सो भट्टामै काम गरिरहनुभएको छ । 

धेरैको पीडा एउटै छ थोरै भएपनि रकम जम्मा गर्नु अनि परिवार पाल्नुपर्ने । इँटाभट्टामा गुजारा चलाउने बहुसङ्ख्यक नेपालीभन्दा भारतीय मूलका नागरिक रहेका छन्.। उहाँहरु हरेक वर्षको ६ महिना नेपालका इँटाभट्टामा आएर काम गर्नुहुन्छ र त्यहीँबाट आफ्नो जीविका चलाउनुहुन्छ । यसरी आउनेमा हजुरआमादेखि नातिपनाति सम्मका पूरै पुस्ताको दैनिकी इँटाभट्टामा बित्छ । 

सो भट्टामा धेरै आमा आफ्ना बच्चाको अवस्थाका बारेमा छट्पटाइरहेका थिए । कोही आज त काम गरियो भोलि के खाने भनेर दुःखसुख गरी जीवन गुजारा गर्नु उहाँहरुको जीवनचर्या नै हो । यही भट्टाभित्र धेरै इँटाका घर छन् जहाँ उनीहरु काम गर्दाको अवधिभर सजाउँछन् । सो भट्टा भित्रको बस्तीमा धेरै काम गर्ने कामदार बुबाआमाभन्दा पनि उनीहरुका बच्चाहरु छन् । धेरैका पीडा आफ्नै छन् । २४ वर्षीया हस्दा विवी आफ्नो ३ वर्षीय बिरामी छोरो लिएर काम गर्दै हुुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “छोरा बिरामी भएको तीन दिन बित्यो उपचार गराउन सकिएको छैन ।” 

माघको कठ्याङ्ग्रिँदो जाडोको बीचमा बाबुनानीसहित माटोको काम गर्दा ती बाबुनानीलाई त्यही चिसो भुइँमा सुताएर काम गर्नुपर्ने बाध्यता उहाँले सुनाउनुभयो । यी भट्टाभित्र काम गर्ने धेरै भारतीय कामदारलाई औषधि उपचार गर्न लैजानका लागि कुनै ठाउँ थाहा छैन । गाडीले ल्याएर सिधै इँटाभट्टामा छाडिदिएपछि फर्किनका लागि गाडी आउँछ, अनि त्यही गाडीमा फर्कन्छन् । एक त नयाँ ठाउँ, अनि अर्को समस्या गाउँ नजिकै छ्रैनन्, औषधि उपचार गर्नका लागि सहज ठाउँ छ्रैन । मानवीयता खोज्दै गरेका यी भट्टाका बालबालिका र महिलाका बारेमा बोलिदिन कोही पनि पुग्दैनन् । अनि अधिकारका कुरा उठाउने पनि भारतीय बालबालिका भनेर तर्कन्छन् । 

यसरी काम गर्ने कामदारको नेपाल आएर इँटा बनाउने काम गरेको वर्षौं बितिसकेको छ । एउटा इँटाभट्टामा काम गर्ने भारतीय कामदार पाँच सयभन्दा बढी छन् । त्यसरी काम गर्नेहरु आएर ६ महिना नेपालमा काम गर्ने अनि ६ महिनापछि फर्कने गर्छन् । उनीहरु ६ महिनाको अवधिमा प्रतिव्यक्ति झन्डै रु एक लाख ६० हजार कमाउँछन् अनि फर्कन्छन् । कुच विहार भारतका अहिद अली मियाँले सबै परिवारलाई भट्टामा ल्याएर काम लगाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “फर्किने बेलासम्म एक लाख भारतीय अर्थात् नेरु एक लाख ६० हजार रुपैयाँ कमिन्छ । 

यसरी उद्योगमा काम गर्ने बालबालिकादेखि वृद्ध सम्मका रहेका छन् । उहाँहरु भन्दा भारतीय भनिए पनि स्पष्ट हिन्दी समेत बोल्न जान्नुहुन्न । उहाँहरु बङ्गाली भाषा बोल्नुहुन्छ । अनि त्यो भट्टाभित्रका नेपाली कामदारसँग पनि तालमेल पनि मिल्दैन । बाहिरबाट देखिने इँटाभट्टा भित्रको अवस्था दर्दनाक र कहालिलाग्दो छ । यहाँ ठूलो बस्ती छ । यही बस्तीमा उहाँहरु आफ्नो जिन्दगी र भविष्य खोजिरहनुभएको छ । माटो, हिलो अनि धुलोका बीचमा आफ्ना स–साना लालाबालालाई आफ्नो जीवन जिउने आधार सिकाउँदैछन् । 

मोरङका इँटा उद्योग भारतीय कामदारको भरमा चलेका छन् । उहाँहरुको कमाई भने त्यति निराश भइहाल्नुपर्ने अवस्थाको छैन । एकहजार इँटा बनाएबापत उनीहरुले भारु चारसय ५० रुपैयाँ परिश्रमिक पाउँछन् । 

एउटा परिवारले दैनिक दुईहजार पाँचसयदेखि तीनहजारसम्म इँटा बनाउँछन् । जति इँटा बनाउन सक्यो उति नै आम्दानी गर्न सकिने कामदार बताउँछन् । भारत कुच विहारबाटै आएका राहुल मियाँ भन्नुहुन्छ, “गरिबीको कारण परिवारै नेपाल आउनु परेको हो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध