२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बस दुर्घटनामा दुईको मृत्यु

२०७३, ४ माघ मंगलवार ०८:३९

माघ ४, धादिङ । खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ भएको दुर्घटनामा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ । 

उपचारका क्रममा पञ्चकन्या माविका शिक्षक ४५ वर्षीय माधव अधिकारी र खाल्टे निवासी पाँचवर्षीय सन्तोष जमकट्टेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । सोमबार बेलुका भएको दुर्घटनापछि जिल्ला अस्पतालमा उपचार हुन नसकी काठमाडौँ पठाइएकामा वीर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । 

धादिङ यातायात व्यवसायी सङ्घमा आबद्ध बा३ख ८२६३ नंको बस खाल्टेको पतेनी गाउँको फेदीमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये २४ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम ल्याइएकामा १६ घाइतेलाई थप उपचारका लागि काठमाडौँ वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको थियो । सामान्य घाइते १० जनाको खाल्टेमै स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । 

घटनास्थल सदरमुकामबाट पूर्वतर्फ रहेको १५ किमीको दूरीमा साँघुरो कच्ची सडक भएको ठाउँमा पर्छ । घुम्ती सडक, पुरानो गाडी र रातिको समयमा क्षमताभन्दा धेरै यात्रु राख्नाले दुर्घटना भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा