४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब पैसा र पहुँचको आधारमा सेना/प्रहरी र सरकारी जागिर खानेका दिन सकियो

४ माघ २०७३, मंगलवार ०९:०२

माघ ४, काठमाडौँ | नाताबाद, कृपाबाद र आर्थिक लेनदेनमा सरकारी जागिर खाने परम्परा अब भने अन्त्य भएको छ । सेना/प्रहरीको भित्री रोगका रुपमा रहेको नाताबाद र आर्थिक लेनदेनको आधारमा जागिर खाने परम्परा तोडिएसंगै सरकारी जागिर खान योग्यतानै चाहिने भएको छ । 

यसको उदाहरण स्वरूप नेपाली सेनामा जागिरको लागि अधिकृत पदमा केहि समय अघि बिज्ञापन गरेकोमा पुन: बिज्ञापन गर्न बाध्य बनेको छ । सेनामा १ सय ५० अधिकृत छनोट गर्न यसअघि असोजमा गरेको विज्ञापन अनुसार लोकसेवा आयोगले पहिलो पटक लिएको लिखित परीक्षामा आवश्यक संख्यामा उम्मेदवार उत्तीर्ण भएनन्। जसको कारण सेनामा रोजगारीको लागि फेरी अर्को बिज्ञापन गर्नुपरेको छ । सरकारले सेना/प्रहरी हुन लोक सेवा लड्नुपर्ने नीति नलिएको भए एकै पटकमा उक्त कोटा परिपूर्ति हुन्थ्यो । त्यसमा पनि सेनामा वर्चस्व भएकाहरुले आफ्ना मान्छे हुल्न सक्थे वा मोटो रकम अशुलेर अयोग्यलाई पनि भर्ति गर्न सक्थे तर अब त्यो कुरा सम्भव नै छैन । 

जब नीति परिवर्तन भयो तब सेनामा इतिहाँसमै पहिलो पटक सेनामा जागिरको लागि फेरी बिज्ञापन गर्नुपर्ने बाध्यता आईपर्यो । पहिले सेना आफैले सेना छान्थ्यो तर अब भने सबै कुरामा लोक सेवा संलग्न भएको छ । जसको कारण कतिपय सेनाका हाकिमहरुको कमाउने स्रोत ठप्प भएको छ ।

जनशक्ति छनोटको काममा सेनाभित्र मनपरी भएपछी लोक सेवा आयोगले सेना/प्रहरी छान्ने अधिकार पायो जसको नतिजा बिस्तारै देखिन थालेको छ । सैनिक भर्तिमा मोटो रकमले काम बन्ने गरेकोमा अब भने त्यो बाटो बन्द बनेको छ । लोक सेवाले सेना छान्ने अधिकार खोसेपछी सैनिक मुख्यालयमा हंगामा मच्चिएको थियो र बिरोध पनि भएको थियो । सुरक्षा निकायको जनशक्ति ब्यबस्थापन सम्बन्धि संबैधानिक ब्यबस्था भएकै कारण मुख्यालयले आफ्नो बिरोधलाई सकारात्मक रुप दिन सकेन । नयाँ संबिधानको धारा २४३ को उपधारा २ अनुसार निजामती सेवाका पदबाहेक नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने उल्लेख भएका कारण यो बिषय ब्यबहारमै लागु भएको हो । नयाँ नीति कार्यान्वयनमा आएपछी नेपाली सेना जस्तै नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान जस्ता निकायमा पनि बिभिन्न पदमा दोहोर्‍याएर विज्ञापन गर्नुपरेको छ । 

नयाँ नीतिको कार्यान्वयन भएसंगै आसेपासे र मोटो आर्थिक लेनदेनमा सरकारी तथा बिभिन्न निकायमा जागिर खाने बाटोको अन्त्य भएको छ | फलस्वरूप राम्रा र योग्यता भएकाहरुले बिस्तारै जिम्मेवार निकायमा पस्ने मौका पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता