माघ ४, सुर्खेत । सुर्खेत वीरेन्द्रनगर चिसापानीको एकान्त जंगल नजिकै रहेको राम जानकी सामुदायीक उपभोक्ता समुहको काठलाई कुरेर बसेका शुक्रराज लिम्बुलाई मानिसहरु बाटोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, सुर्खेत । सुर्खेत वीरेन्द्रनगर चिसापानीको एकान्त जंगल नजिकै रहेको राम जानकी सामुदायीक उपभोक्ता समुहको काठलाई कुरेर बसेका शुक्रराज लिम्बुलाई मानिसहरु बाटोम"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो घर बनाएर बस्ने सपना कलिलै उमेरमा चकनाचुर भएपछी…

४ माघ २०७३, मंगलवार १०:१३

माघ ४, सुर्खेत । सुर्खेत वीरेन्द्रनगर चिसापानीको एकान्त जंगल नजिकै रहेको राम जानकी सामुदायीक उपभोक्ता समुहको काठलाई कुरेर बसेका शुक्रराज लिम्बुलाई मानिसहरु बाटोमा हिडेको देख्दा आफू पनि त्यसरी हिड्न मन लाग्छ । 

हिडेर मन लागेको ठाउँ पुग्ने मनको रहर लिम्बुको मनैमा छ । आफ्नो घर बनाएर बस्ने सपना पनि कलिलै उमेरमा चकनाचुर भएको छ । लिम्बुको उमेर ३८ वर्ष मात्रै भयो । उनको ५ जना परिवार छ । 

आमा र भाई बुहारी छन् । ‘पेटभरी खान पाइदैन । बजारमा माग्न जाँदा आमाले घरबाट निस्की हाल भिकारी भन्नु हुन्छ’ लिम्बुले अनलाइन डबलीसँगको कुराकानीको सुरुमै भने । ‘भाई बुहारीले कमाई गरेका छन् । म किन जन्मेको रहिछु, पापी भगवानबाट ठगिएको भाग्य जस्तो लाग्छ’ लिम्बुले भने । उनले आफ्नी आमा बिरामी भएकाले आफू भोकै जीवन बिताउन बाध्य भएको बताए ।

कसैले दया मानेर खाने कुरा दिने गरेका छन् । कसैले हकारेर पठाउने गरेको शुक्रराजको भनाई रहेको भन्दै लिम्बुले भने, ‘म यस्तो नभएको बाहिर विदेश गएरै भएपनि कमाई गरेरै भएपनि आमालाई पाल्ने मेरो सपना थियो, पूरा भएन ।’

लिम्बु जन्मजात अपाङ्ग हुन् । भाई बुहारीहरुले खाना पनि राम्रो मनले नदिने र उल्टै पिट्न खोज्ने गरेको उनले सुनाए । ‘के गरौं, म यस्तो नभएको भए पैसा कमाएर भाईबुहारी आमालाई सहयोग गर्ने थिए’ आँशु झार्दै उनले भने । आमाले भिकारी भन्दै गाली गर्ने गरेको दुःखेसो पोखे ।उनको लागि घरबाट निस्केर जाने ठाउँ कतै छैन ।

लिम्बुले राम जानकी सामुदायीक उपभोक्ता समुहको काठ हेरचाह गरिरहेका छन् । कहिले कही महिनाको ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पाउछन् । त्यही पैसा पनि भाई बुहारीले खोसेर लिने गरेको उनले बताए ।

आँखाबाट आसु झार्दै लिम्बुले भने, ‘बाहिर घुम्न जाने र कमाउने रहर सपना भो, म किन जन्मे हुँला ।’ उनले धेरै दिन भोकै बसेको र थोरै दिनमात्र पेटभरी खाएको अनुभूति सुनाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ