माघ ४, काठमाडौँ । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ७ गते हुने भएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्नेछन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ४, काठमाडौँ । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ७ गते हुने भएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्नेछन् "/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन हुने

४ माघ २०७३, मंगलवार १२:३५


माघ ४, काठमाडौँ । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ७ गते हुने भएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्नेछन् । सवोत्कृस्ट जीवन : श्वाश्वत चिन्तन, साँचो जीवन निर्माण अभियानले २०६६ सालदेखि काठमाडौंबाट यस्तो अभियान थालेको हो । अहिलेसम्म यो आश्रमले अर्घाखाँची, मकवानपुर, बारा, चितवनलगायतका जिल्लाहरुमा आफ्नो अभियान विस्तार गरिसकेको छ । 

यो मानव सेवा आश्रमले अशक्त, अनाथ, अपांग, मानसिक असन्तुलनको सिकार भएका महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुलाई सडकबाट उद्धार गरेर खान,बस्न तथा कपडाहरुको समेत व्यवस्था गर्दै आएको छ । 


 सोमबार भएको पत्रकार सम्मेलनमा आश्रमका उपाध्यक्ष (अभियान महासचिब) धर्मप्रसाद पौडेलले ललितपुर शाखाको उद्घाटन माघ ७ गते प्रमुख जिल्ला अधिकरीबाट हुने जानकारी दिएका थिए । उनले आश्रमका लागि सहयोग गर्न आग्रह पनि गरेका थिए । 

यो आश्रममा अहिले आठ जना बेसहरा वृद्धवृद्धाहरु बस्दै आएका छन् । उनीहरुमध्ये धेरैको स्वास्थ्य तथा मानसिक अवस्थासमेत बिग्रिएको छ । मानव सेवा आश्रमले देशभर स्थापना भएका आश्रमका शाखाहरुमा सडकमा अलपत्र परेका २०० जना असहायहरुलाई उद्धार गरेर सेवा गर्दै आएको छ । 


त्यस्तै कतिपय परिवारको पुनर्मिलनसमेत गराइएको छ । आश्रमले आफ्ना शाखाहरुमा रहेका असहायहरुका लागि खान र बस्न कठिन भएको भन्दै सक्दो सहयोगका लागि सबैलाई अपीलसमेत गरेको छ । आश्रमले आगामी २०८२ सालसम्म 'अनाथ-अलपत्र, सडकमानव मुक्त राष्ट्र' घोषणाको लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट