माघ ६, भक्तपुर । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । अभियानलाई पूर्णत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, भक्तपुर । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । अभियानलाई पूर्णत"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपराध नियन्त्रण गर्न भक्तपुरका चोकचोकमा सिसी क्यामरा

२०७३, ६ माघ बिहीबार ०४:३२

माघ ६, भक्तपुर । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । अभियानलाई पूर्णता दिनका लागि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । 

केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि प्रहरीले चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो । महानगरीय प्रहरी वृत्त थिमिले माघ महिनाभित्र पहिलो चरणमा १२ र फागुन दोस्रो साता सम्ममा २० वटा सिसी क्यामरा जडान गर्ने भएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । 

प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएपछि बैंकले सिसी क्यामरा जडान गर्न थालेका छन् । 

त्यसैगरी, स्थानीय बासिन्दा, दलका प्रतिनिधि र समाजसेवीसँगको बृहत् छलफलपछि सिसी क्यामरा अभियान सुरु गरिएको हो । सिसी क्यामरा जडानका लागि प्रहरी वृत्त थिमिले सहयोग गर्न दातालाई आग्रह गरेको छ । 

प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोकचोकमा र पुरानो बाटोको बहाखा बजारलगायत मानिसको भीडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गरिने भएको ओलियाले जानकारी दिनुभयो । 

सिसी क्यामरा जडान सँगै चोरी, डकैती, लुटपाटलगायत अन्य आपराधिक गतिविधिमा न्यूनीकरण आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारीलाई नियन्त्रण लिन सहयोग पुग्ने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह