५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“चर्पीमा दिसा गर्नेछौँ, साबुनपानीले हात धुनेछौँ”

६ माघ २०७३, बिहीबार ०४:४२

युवराज पाण्डे/माघ ६, बनेपा । “पूर्वमा सुनकोसी सिमाना, पश्चिममा झिउ खोला, उत्तरमा खरेलथोक गाविस र दक्षिणमा सुनकोसी र झिउखोला दोभान भित्रको सिमानाभित्र हामी सबै चर्पीमा दिसा गर्नेछौँ र दिसा गरेपछि साबुन पानीले हात धुनेछौँ ।” 

आ–आफ्नो आसनबाट सबैजना उठ्छन र सोही वाक्यांश दोहो¥याउँछन्, झट्ट सुन्दा अपत्यारिलोजस्तो लाग्ने वाक्यांश काभ्रेपलाञ्चोकको कोसिदेखा गाविसमा बुधबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख मोहनलाल जैसीले खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा सहभागीलाई शपथ खुवाएको हो । 

उहाँले गाविसको सिमानाभित्र खुल्ला दिसामुक्त घोषणा गरिएकाले चर्पीमा दिसा गर्ने र साबुनपानीले हात धुने प्रतिबद्धता पूरा गरेर गाविसलाई सरसफाइमा नमुना गाविस बनाउन पनि आग्रह गर्नुभयो । 

डिभिजन प्रमुख जैसीले सार्वजनिक स्थानमा नयाँ शौचालय निर्माण गर्न तथा निर्माण गरिएका शौचालय व्यवस्थित गर्न नसकेको चुनौती भएको उल्लेख गर्दै भूकम्पका कारण घर भत्केर एउटै छानामुनि, खोर, गोठ तथा भान्साकोठा सँगै रहेकाले सरसफाइमा बाधा आएको बताउनुभयो । 

कोसिदेखा–७ ठाँटीका नरहरि खकुरेलले चर्पी बनेपछि नयाँ अनुभव हासिल गरेको उल्लेख गर्दै विगतमा चर्पी नहुँदा वनपाखामा खुल्ला ढङ्गले दिसा गरेको बताउनुभयो । 

केही वर्षअघि मात्रै चर्पी बनेको जानकारी दिँदै चर्पी नहुँदा खकुरेलले आफ्ना बालबालिकालाई वनपाखामा दिसा गराउन समाएर लैजानुपर्ने अवस्थाको अन्त्य भएकोमा खुसी व्यक्त गर्नुभयो । “खुल्ला दिसा बस्दा डर, त्रास भएको अनुभव हुन्थ्यो तर अहिले पानीको प्रबन्धसहित निर्धक्क दिसा बस्न पाइन्छ”, उहाँले भन्नुभयो । 

केही वर्षअघि मात्रै अधिकांशको घरमा चर्पी नभएको जानकारी दिँदै उहाँले गैरसरकारी संस्थाको अनुदानमा धेरैले चर्पी निर्माण गरेको बताउनुभयो । गैरसरकारी संस्था क्रिडाक नेपालकी सुपरभाइजर राधिका सुवेदीले चर्पी बनेपछि मानवीय व्यवहार पनि परिवर्तन भएको उल्लेख गर्दै एउटा चर्पीका लागि न्यूनतम रु पाँच हजार खर्च भएको बताउनुभयो । 

सो संस्थाका अनुसार चारसय ५० घरधुरी भएको गाविसमा चारसय ५० चर्पी निर्माण भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अनुसार जिल्लामा खुल्ला दिसामुक्त हुने गाविसको सङख्या ३२ पुगेको छ । सन् २०१७ को अन्त्यसम्ममा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी स्वस्थ्यकर बानीको विकास गर्दै पूर्ण सरसफाइ हासिल गर्ने लक्ष्य लिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता