५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि कार्यालयको गाडी दुर्घटना, तीन गम्भीर घाइते

६ माघ २०७३, बिहीबार ११:०५

माघ ६, काभ्रे । काभ्रेको डाँडापारि गोकुलेमा आज बिहान गाडी दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । 

बा१झ ५४०८ नंको जिल्ला कृषि विकास कार्यालयको गाडी दुर्घटना हुँदा गाडीमा रहेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित, नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिव इन्द्रबहादुर थिङ र चालक तिलक बस्नेत गम्भीर घाइते भएका छन् । 

गोकुले गाविसबाट घर्तीछापतर्फ आउँदै गरेको गाडी घर्तीछाप–८ कोल्टारमा बिहान दुर्घटना भएको हो । बुधबार डाँडापारि क्षेत्रमा गरिएको कृषि क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएर आज फर्कने क्रममा उक्त बस दुर्घटनामा परेको हो । 

घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले जानकारी दिनुभयो । गाडीमा १० जना सवार थिए र गम्भीर घाइते तीनमध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका डिएसपी नवीनराज राईले जानकारी दिनुभएको छ । रास

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता