माघ ७, प्युठान । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले पत्रकारीता पेशामा रहेर पत्रकारिता गर्नेहरूको संगठन नै नेपाल पत्रकार महासंघ भएको बताएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, प्युठान । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले पत्रकारीता पेशामा रहेर पत्रकारिता गर्नेहरूको संगठन नै नेपाल पत्रकार महासंघ भएको बताएक"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारिता गर्नेहरू नै पत्रकार हुन्: सचिव चलाउने

२०७३, ७ माघ शुक्रबार ०३:०७


माघ ७, प्युठान । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले पत्रकारीता पेशामा रहेर पत्रकारिता गर्नेहरूको संगठन नै नेपाल पत्रकार महासंघ भएको बताएका छन । 

पत्रकारिता पेशामा नहुनेहरूले आफै महासंघको सदस्यता त्याग्नुपर्छ भन्दै चलाउनेले पत्रकारीता बाहेकका पेशामा रहेकाहरूले महासंघको सदस्यताको दुरूपयोग गरिदै उ कुनै विवादमा तानिए महासंघले उसको समस्या नहेर्ने बताएका छन । 

क्रान्तिकारी पत्रकार संगठन प्युठानले आयोजना गरेको मोफसलको पत्रकारीता अवसर र चुनौती विषयक अन्तरक्रिया  कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गरेकाहरूले प्रतिफल पाउनै पर्ने बताएका हुन ।

कपि पेस्ट गरेर पत्रकारहरूले गलत गरिरहेको भन्दै चलाउनेले राज्यको सुविधा पत्रकारले लिएर राज्यका विरूद्ध जान नसक्दा समाजले प्रगति गर्न नसकेको ठोकुवा गरेका छन ।  

ऐनमा तोकिए अनुसारको तलव खाएर मात्रै संचार माध्याममा काम गर्न अनुरोध गर्दै चलाउनेले पत्रकार पनि मिडिया मालिकबाट ठगिए समाज कसरी राम्रो हुन्छ भनी प्रश्न गरेका थिए । 

पत्रकारीता गर्नेहरूका अवसरहरू धेरै भएकाले अवसरलाई पछ्याउनु पर्ने भन्दै उनले पत्रकारले क्षमता विकास गर्न जरूरी रहेको बताएका छन । अन्तरक्रियामा सहभागिहरूले पत्रकारहरूले भोगेका चुनौतीका कुरालाई महासंघका सचिवसंग राख्न पाउँदा खुशी हुँदै भएको बताएका छन । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका प्युठान अध्यक्ष गिरू भण्डारीले पत्रकार महासंघले सबै पत्रकारलाई सदस्यता दिनु पर्ने भन्दै आफुले कसैलाई नरोकेको बताएका छन । 

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा राप्ती व्युरो प्रमुख डिल्लीराज रावले सबैजनाको विचार मिलाएर जान सके मात्रै विवादहरू समाधान हुने बताएका छन । 

संगठनका प्युठान जिल्ला अध्यक्ष हरि भण्डारीको अध्यतामा भएको कार्यक्रमलाई प्रेस सेन्टरका सुशील पोख्रेल, प्रेस चौतारीका विजय भारती, प्रेस युनियनका श्रीराम भण्डारी, वास पत्रकार संघका नुमराज पौडेल, महिला पत्रकार संघका दिपा पौडेल लगायतले सम्बोधन गरेका थिए । यांक पुनले संचालन गरेको कार्यक्रमको संयोजन माडि खबर साप्ताहिकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन