१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएपछि…

७ माघ २०७३, शुक्रबार ०६:०९

माघ ७, बाँके । नेपालगन्जमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास गरेको अभियोग लगाइएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–१२ बाँकेगाउँ, खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नी २२ वर्षीया श्रीमती अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाउने प्रयास गरेका हुन् । 

आगलागीबाट अनिशाका स्तन, मुख र टाउको जलेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए । “आपसी विवादका कारण गए राति बलिरहेको टुकीले श्रीमान्ले श्रीमतीलाई आगो लगाएको देखिन्छ ,” गौतमले भने-,“घटना भएलगत्तै प्रहरीले भेरी अञ्चल अस्पतालमा उपचारका लागि अनिशालाई ल्याएकाले उपचारमा सहज भएको छ ।” 

 जलेर बेहोस भएकी अलिसालाई स्थानीयले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । 

उनको शुक्रबार बिहान होस आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । गम्भीर घाइते अनिशाको शरीरको ५० प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ ।

अभियुक्त राजेन्द्र फरार रहेकाले उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह