२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएपछि…

२०७३, ७ माघ शुक्रबार ०६:०९

माघ ७, बाँके । नेपालगन्जमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास गरेको अभियोग लगाइएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–१२ बाँकेगाउँ, खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नी २२ वर्षीया श्रीमती अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाउने प्रयास गरेका हुन् । 

आगलागीबाट अनिशाका स्तन, मुख र टाउको जलेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए । “आपसी विवादका कारण गए राति बलिरहेको टुकीले श्रीमान्ले श्रीमतीलाई आगो लगाएको देखिन्छ ,” गौतमले भने-,“घटना भएलगत्तै प्रहरीले भेरी अञ्चल अस्पतालमा उपचारका लागि अनिशालाई ल्याएकाले उपचारमा सहज भएको छ ।” 

 जलेर बेहोस भएकी अलिसालाई स्थानीयले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । 

उनको शुक्रबार बिहान होस आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । गम्भीर घाइते अनिशाको शरीरको ५० प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ ।

अभियुक्त राजेन्द्र फरार रहेकाले उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन