सुरेन्द्र भण्डारी/माघ ७, झापा । समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । 

यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुरेन्द्र भण्डारी/माघ ७, झापा । समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । 

यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापि"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्कैसंग बिबाह हुन लागेपछि अंगालोमा बाधिएर प्रेमी-प्रेमिकाद्वारा आत्महत्या

७ माघ २०७३, शुक्रबार ०६:१०

सुरेन्द्र भण्डारी/माघ ७, झापा । समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । 

यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । 

यसकै पछिल्लो उदाहरण हो – झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईको आत्महत्या पनि । उनीहरुले आज बिहान एकै ठाउँमा आत्महत्या गरेका छन् । 

कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । 

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका छन् । 

आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्बन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ, प्रहरी नायब उपरीक्षक थेवेले भने । माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको बताइएको छ । 

भट्टराई भने चालकको काम गर्दै आएका र उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह