१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक

७ माघ २०७३, शुक्रबार १०:१७

माघ ७, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्ड भएकोे बताउनुभएको छ । 

आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको २८औंँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री लेखकले राज्यले पूर्वाधार निर्माण गरिदने र निजी क्षेत्रले पूर्वाधार अनुसार उद्योग वाणिज्यको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 

आगामी एक दशकभित्र कञ्चनपुर, नेपाल र भारतबीचको आर्थिक सम्बन्धको प्रवेशद्वारका रुपमा विकसित हुने दाबी गर्दै उहाँले महाकाली नदीमा चार लेनको पुल बने सुदूरपश्चिमको स्मृद्धिमा टेवा पुग्ने बताउनुभयो । मुलुकको बेरोजगारी, अशिक्षा, पछौटेपन हटाउन सबै राजनीतिक दलका साथै निजी क्षेत्र समेत मिलेर विकास निर्माणमा अघि बढ्न उहाँले आग्रह गर्नुभयो । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले जिल्लामा हालसम्म एउटा पनि उद्योग स्थापना नभएकाले उद्योग स्थापना गरेर रोजगारीको सिर्जना गर्न मन्त्री लेखक समक्ष माग गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते