अजयकुमार साह/माघ ७, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानबाट १५७ एम्पोल लागूऔषधसहित आठ जना कारोवारी पक्राउ गरेको छ ।

जिल्ला प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/माघ ७, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानबाट १५७ एम्पोल लागूऔषधसहित आठ जना कारोवारी पक्राउ गरेको छ ।

जिल्ला प्रहर"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

ठूलो परिमाणमा लागूऔषध सहित आठ जना कारोवारी पक्राउ

२०७३, ७ माघ शुक्रबार १५:५२


अजयकुमार साह/माघ ७, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानबाट १५७ एम्पोल लागूऔषधसहित आठ जना कारोवारी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी प्रमुख नरबहादुर केसीले ठूलो मात्रामा लागू औषध र त्यसका कारोवारीलाई पक्राउ गरी शुक्रबार सार्बजनिक गरेका छन् ।

एसपी केसीले पत्रकार सम्मेलनमा बरामद गरिएका लागू औषध सार्वजनिक गर्दै त्रियुगा नगरपालिका २ को एक झाडीबाट त्रिनपा ३ का १७ बर्षिय दिपु विक र त्रिनपा २ का १९ बर्षिय मिलन राई पक्राउ परेको जानकारी दिए । 


पक्राउ परेकाहरुको साथबाट फेनेरागन ३६ एम्पोल, लुपिजेसिक ३६ एम्पोल र डाईजाल्याब ३६ एम्पोल बरामद गरिएको जानकारी गराईएको छ । त्यस्तै सोही दिन त्रिनपा २ असारीरोडबाट त्रिनपा ४ का २७ बर्षिय आसिस कार्की, त्रिनपा २ का २३ बर्षिय मविन खत्री र त्रिनपा ७ का १७ बर्षिय सन्जोग अधिकारी पक्राउ परेकाछन । उनीहरुको साथबाट डाईजापाम ६ एम्पोल, फेनारागन ८ एम्पोल, लुपिजेसिक ६ एम्पोल र प्रयोग भएका केही लागूऔषध र सिरिन्ज समेत बरामद भएका थिए ।

त्यसैगरी पुस २८ गते त्रिनपा १ स्थित आँखा अस्पताल अगाडीबाट त्रिनपा १ का ३० बर्षिय किरण कार्कीलाई डाईजेल्याव ९ एम्पुल, फेनारगन ९ एम्पुल, लुपिजेसिक ७ एम्पुलसहित पक्राउ परेको छ । 

माघ ६ गते त्रिनपा ६ ज्योतिनगरबाट त्रिनपा २ का २० बर्षिय सन्जोग चौधरी र जोगिदह ६ का १७ बर्षिय हरी अधिकारी ३० ग्राम गाँजासहित पक्राउ परेका छन् । साथै जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाको विभिन्न पहाडी गाविसमा अबैधरुपमा लगाईएको १९४ रोपनी जग्गाको गाँजा खेती फडानी गरेको जनाएको छ ।


प्रहरीले लागू औषध नियन्त्रणका लागी थालेको विशेष अभियानको क्रममा  यति धेरै मात्रामा लागू औषध बरामद गरिएको हो ।  पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान थाली लागू औषध सेवन र ओसारपसार अन्तर्गत मुद्दा चलाई कार्यवाही पक्रिया अगाडी बाढाउने एसपी केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन