भीम लामा/माघ ८, रामेछाप । गोगनपानी पकरबास रामेछापमा माघ ३ देखि ६ गतेसम्मा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य परिक्षण तथा उपच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भीम लामा/माघ ८, रामेछाप । गोगनपानी पकरबास रामेछापमा माघ ३ देखि ६ गतेसम्मा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य परिक्षण तथा उपच"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पकरबास रामेछापमा २ हजार भन्दा बढिको निशुल्क स्वास्थ्य परिक्षण

२०७३, ८ माघ शनिबार ०२:५५


भीम लामा/माघ ८, रामेछाप । गोगनपानी पकरबास रामेछापमा माघ ३ देखि ६ गतेसम्मा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिएका छन् । 

सुलिथुम्को श्रीदेवीथान यूवा क्लव, पर्यटन व्यवसायिक सहकारी संस्था र पकरवास माकादुम तामाङ एकता समाज रामेछापको संयुक्त आयोजनामा भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा पाँच घण्टाको बाटो हिडेर विभिन्न रोगका समस्या भएका रागीहरु परिक्षण तथा उपचारका लागि आएको शिविर व्यवस्थापक किरन मोक्तानले बताईन् । 

सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशिल महिला समाज नेपाल काठमाडौंको सहकार्यमा भएको उक्त शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर तथा मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको छ । 


शिविरमा आँखा परिक्षण तथा मोतिविन्दू शल्यक्रिया र नाक, कान, घाँटी, हाड जोर्ने लगाएत स्त्रीरोग सम्बन्धि विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको हो । स्वास्थ्य परिक्षणपछि औषधी समेत निशुल्क वितरण गरेको छ । 

नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञा डाक्टर पुजा कार्कीको नेतृत्वमा डाक्टर अमृत आचार्य, ओपिडी इन्र्चाज पुर्ण तामाङ, सहयोगी मञ्जु थापा, सविता रिसाल र आँखा अस्पताल सामुदायिक ईन्चार्ज कल्याण ढुंगानाले आँखाका रोगीहरुको परिक्षण तथा शल्यक्रिया समेत सफल भएको बताएका छन् । 

आँखा परिक्षणतर्फ करिब ७ सय जना सहभागी रहेकोमा ५१ जनाको मोतिविन्दू अप्रेशन भएको डा. पुजा कार्कीले बताईन् । स्वास्थ्य परिक्षण तर्फ मनमोहन मेमोरियल अस्पतालबाट डाक्टर मुजा श्रेष्ठको नेतृत्वमा १२ जनाको टोलीले सक्रियतापूर्वक सेवा प्रदान गरिएको उक्त अस्पतालका प्रशासन अधिकृत नवराज रूपाखेतीले बताए । 

उक्त शिविरमा महिलाहरुका पाठेघरको उपचार तथा परिक्षणका क्रममा २ सय ७५ जना महिलालाई परामर्शा समेत दिईएको रूपाखेतीले जानकारी दिए ।  त्यस्तै २३ जना महिलालाई शिविरमै पाठेघरमा  रिङ राखेको र २५ जनालाई अप्रेशननै गर्नुपर्ने भएकाले मनमोहन अस्पतालमै निशुल्क रूपमा उपचार गरिने शिविर संयोजक तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य होम बुढाथोकीेले बताए । 


गाउँ गाँउमा यसरी स्वास्थ्य शिविर ल्याउँदा आर्थिक रूपमा कठिनाई भएका र स्वास्थ्य उपचारको पहुँचबाट टाडा हुनेहरुलाई ठूलो राहत पुगेको स्थानिय शिक्षक पुष्कर कार्कीले बताए । 

शिविर उदघाटन एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख अतिथि, जिल्ला प्रशासन कार्यालय रामेछाप प्र्मुख प्रकाशचन्द्र अधिकारी, जनस्वास्थ्य कार्यालय रामेछाप निर्देशक प्रकाश प्रसाद शाह समेत सहभागी रहेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन