भीम लामा/माघ ८, रामेछाप । गोगनपानी पकरबास रामेछापमा माघ ३ देखि ६ गतेसम्मा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य परिक्षण तथा उपच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भीम लामा/माघ ८, रामेछाप । गोगनपानी पकरबास रामेछापमा माघ ३ देखि ६ गतेसम्मा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य परिक्षण तथा उपच"/>

१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पकरबास रामेछापमा २ हजार भन्दा बढिको निशुल्क स्वास्थ्य परिक्षण

८ माघ २०७३, शनिबार ०२:५५


भीम लामा/माघ ८, रामेछाप । गोगनपानी पकरबास रामेछापमा माघ ३ देखि ६ गतेसम्मा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिएका छन् । 

सुलिथुम्को श्रीदेवीथान यूवा क्लव, पर्यटन व्यवसायिक सहकारी संस्था र पकरवास माकादुम तामाङ एकता समाज रामेछापको संयुक्त आयोजनामा भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा पाँच घण्टाको बाटो हिडेर विभिन्न रोगका समस्या भएका रागीहरु परिक्षण तथा उपचारका लागि आएको शिविर व्यवस्थापक किरन मोक्तानले बताईन् । 

सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशिल महिला समाज नेपाल काठमाडौंको सहकार्यमा भएको उक्त शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर तथा मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको छ । 


शिविरमा आँखा परिक्षण तथा मोतिविन्दू शल्यक्रिया र नाक, कान, घाँटी, हाड जोर्ने लगाएत स्त्रीरोग सम्बन्धि विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको हो । स्वास्थ्य परिक्षणपछि औषधी समेत निशुल्क वितरण गरेको छ । 

नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञा डाक्टर पुजा कार्कीको नेतृत्वमा डाक्टर अमृत आचार्य, ओपिडी इन्र्चाज पुर्ण तामाङ, सहयोगी मञ्जु थापा, सविता रिसाल र आँखा अस्पताल सामुदायिक ईन्चार्ज कल्याण ढुंगानाले आँखाका रोगीहरुको परिक्षण तथा शल्यक्रिया समेत सफल भएको बताएका छन् । 

आँखा परिक्षणतर्फ करिब ७ सय जना सहभागी रहेकोमा ५१ जनाको मोतिविन्दू अप्रेशन भएको डा. पुजा कार्कीले बताईन् । स्वास्थ्य परिक्षण तर्फ मनमोहन मेमोरियल अस्पतालबाट डाक्टर मुजा श्रेष्ठको नेतृत्वमा १२ जनाको टोलीले सक्रियतापूर्वक सेवा प्रदान गरिएको उक्त अस्पतालका प्रशासन अधिकृत नवराज रूपाखेतीले बताए । 

उक्त शिविरमा महिलाहरुका पाठेघरको उपचार तथा परिक्षणका क्रममा २ सय ७५ जना महिलालाई परामर्शा समेत दिईएको रूपाखेतीले जानकारी दिए ।  त्यस्तै २३ जना महिलालाई शिविरमै पाठेघरमा  रिङ राखेको र २५ जनालाई अप्रेशननै गर्नुपर्ने भएकाले मनमोहन अस्पतालमै निशुल्क रूपमा उपचार गरिने शिविर संयोजक तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य होम बुढाथोकीेले बताए । 


गाउँ गाँउमा यसरी स्वास्थ्य शिविर ल्याउँदा आर्थिक रूपमा कठिनाई भएका र स्वास्थ्य उपचारको पहुँचबाट टाडा हुनेहरुलाई ठूलो राहत पुगेको स्थानिय शिक्षक पुष्कर कार्कीले बताए । 

शिविर उदघाटन एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख अतिथि, जिल्ला प्रशासन कार्यालय रामेछाप प्र्मुख प्रकाशचन्द्र अधिकारी, जनस्वास्थ्य कार्यालय रामेछाप निर्देशक प्रकाश प्रसाद शाह समेत सहभागी रहेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष