अजयकुमार साह/माघ ७, उदयपुर । सिराहा प्रहरी टोलीले विहिबार सिरहा नगरपालिका वडा नं. १२ बाट एक थान मेड ईन ईटाली लेखिएको एक थान पेस्तोल र केही मात्रामा लागू औषध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/माघ ७, उदयपुर । सिराहा प्रहरी टोलीले विहिबार सिरहा नगरपालिका वडा नं. १२ बाट एक थान मेड ईन ईटाली लेखिएको एक थान पेस्तोल र केही मात्रामा लागू औषध"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईटालियन पेस्तोल र लागू औषध नाईट्रोसनसहित कापर पक्राउ

८ माघ २०७३, शनिबार ०७:४५


अजयकुमार साह/माघ ७, उदयपुर । सिराहा प्रहरी टोलीले विहिबार सिरहा नगरपालिका वडा नं. १२ बाट एक थान मेड ईन ईटाली लेखिएको एक थान पेस्तोल र केही मात्रामा लागू औषध नाईट्रोसन सहित एक युवालाई पक्राउ गरेको छ ।

सिरहा रामपुर विर्ता गा.वि.स.वडा नं. ३ साविक घर भई हाल सिराहा मिर्चैया नगरपालिका वडा नं.१ बस्ने वर्ष ३१ को श्याम किशोर कापरलाई प्रहरी टोलीले पक्राउ गरेको हो । विहिबार सिरहा नगरपालिका वडा नं. १२ सारस्वर बस्ने रामबृक्ष कामतीको घर अगाडि बाटोमा घरायसी बादबिवाद भई रहेको अबस्थामा सोही ठाउँ बस्ने ५० बर्षिय पलट यादव आई बादविवाद नगर्नुस भनी सम्झाई बुझाई गर्दा रामबृक्ष कामतीको घरमा पाउँना आएका छोरी ज्वाई पर्ने श्याम किशोर कापरले आफुले बोकी ल्याएको हतियार निकाली गोली फायर गरी पुनः आफ्नो ससुराली घर गई उक्त पिस्तोल र लागू औषध नाईट्रोसन समेत लुकाई छिपाई राखी आफु समेत लुकी छिपि बसिरहेको अबस्थामा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

रामबृक्ष कापरको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको म्याग्जिन नभएको मोजलको भागमा गोलीको बुलेट अड्किएको मेड ईन इटाली लेखिएको पिस्तोल थान एक थान र लागू औषध नाईट्रोसन एक सय वटा ट्याब्लेट सहित कापरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका कापर यस भन्दा अगाडी समेत कर्तव्य ज्यान, हातहतियार खरखजना जस्ता जघन्य प्रकृतिका मुद्दाहरुमा समेत  पक्राउ परी कारागार कार्यालय सिराहाबाट रिहा भएको अनुसन्धानको क्रममा बुझिन आएको प्रहरीले बताएको छ ।

प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ साथै कापरलाई हातहतियार खरखजना मुद्दामा जिल्ला प्रशासन कार्यालय सिरहाबाट दश दिनको म्याद थप गरी कानुनी कार्वाही अगाडि बढाईएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता