माघ ८, महोत्तरी । कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, महोत्तरी । कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणक"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस-सुन्तलीले थालेको मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा

२०७३, ८ माघ शनिबार ०९:१२

माघ ८, महोत्तरी । कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । 

 बाह्र दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ। पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी (जनकपुर)का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गरेको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन्। 

 हालसम्ममा बस्तीमा निर्माण हुने ५० वटा घरमध्ये ४० वटा घरको जग खनिसकिएको छ। ३२ वटा घरको जग उठाउने कार्यसम्पन्न भइसकेको छ। पिलिन्थ लेवलसम्मको पाँचवटा घरको निर्माणकार्य सकिएको धर्मुस– सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले बताए।श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवा पुस्ता, सङ्घ संस्थाका पदाधिकारी आउने क्रम जारी छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीलेसमेत श्रमदान र सुरक्षा दिने गरेका छन्।  

बर्सौंदेखि रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट वहिष्करणमा परेका मुसहरको आफ्नो घर बन्न लागेपछि उत्साहित देखिएका उनीहरु दिनहुँ झन्डै एक सय मुसहर श्रमदानमा खटिएका एकिकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरले बताए। 

 ‘दाउरा लिन जाने काम छाडेर हुलका हुल गाउँले बस्ती निर्माणमा श्रमदान गरिरहेका छन्,’ उनले भने, “कोही सिमेन्ट घोल्छ। कोही बालुवा, ढुङ्गा, गिट्टी ओसार्छन्। कोही गाउँलाई काममा खटाउँछन् यी र यस्ता कार्य गरेर हामी बस्ती निर्माण श्रमदान गरिरहेका छौंँ।” 

 ‘मुसहरहरुले आफूहरुको जीवन फेरिन्छ भनेर सपना पनि देखेका थिएनन् । तर, धर्मुस र सुन्तली जस्ता मायालु मनको सहयोग पाएर मुसहर फुरुङ्ग छन्,’ सामाजिक अभियन्ता आरके महतोले भने,‘कोही बाढीपीडित, त कोही भूकम्पपीडित, त कोही आगलागीपीडित सबै पीडितैले राहत र सहयोग पाइरहेका छन्। तर, मुसहरको जन्मिने सन्तान जन्मिने वित्तिकै पीडित भएरै जन्मिन्छ। उनीहरुको पीडा कसैले सुन्दैनन् बरु हेला गर्छ। मुसहरको लागि धुर्मुस र सुन्तली भगवान भएर मुसहर बस्तीमा पसें । 

सहयोगी हात भेटिएर बर्दिवासका मुसहरको पुस्तौँंपछि उद्धार र राहत मिल्दैछ। ओत लाग्ने घर बन्दै छ। बच्चा स्कुल जाँदैछन्।’दैनिक मालिकको जी हजुरी गरेर शोषण, दमन, अन्याय, अत्याचार सहन बाध्य मुसहर त्यो जालबाट सहयोगी हातको सहारामा क्रमशः बाहिर निस्किएर आफ्नो भविष्य खोजिरहेका सामाजिक अभियन्ता महतोले बताए। रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन