माघ ९, मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउँदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउँदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेनी–जोमसोममा सिन्डिकेट तोडियो, अब काठमाडौंबाट सिधा मुस्ताङ रात्री डिलक्स बस

९ माघ २०७३, आईतवार ०३:२८

माघ ९, मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउँदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ ।

सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा आएका छन्। एक वर्षदेखि म्याग्दी र मुस्ताङ समितिले हरेक दिन बेनीदेखि जोमसोमसम्म सिधा यात्रुबाहक बस सञ्चालन गरिरहेको छ ।

गत मङ्सिरदेखि मुक्तिनाथ दर्शन प्रालिले जोमसोम–पोखरामा सिधा जिप सेवा सञ्चालन गरिरहेको छ । यो रुटमा हरेक दिन तीनवटासम्म जिप छुट्ने गरेका छन् ।

धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले गत बिहीबारदेखि जोमसोम–काठमाडौँ सिधा रात्रि डिलक्स बस सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा म्याग्दी सदरमुकाम बेनीसम्म रहेकामा स्थानीय यातायात व्यवसायीको सहकार्यमै जोमसोमसम्म विस्तार गरिएको हो । समितिका सदस्य यमबहादुर पुनले मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी काठमाडौँबाट हरेक दिन दुई वटा रात्रि बस सेवा सुरु गरिएको बताए ।

पोखरा र काठमाडौँबाट समेत सेवा सञ्चालन भएपछि पर्यटकीय जिल्लामा आउने पर्यटक र स्थानीयवासीलाई सहज भएको जोमसोमका कुलबहादुर थकालीले बताए। ‘पहिला पोखरासम्म पुग्न कि त महँगो भाडा तिरेर हवाईमार्ग प्रयोग गर्नुपथ्यो, तैपनि त्यो भरपर्दो थिएन’, उनले भने – ‘अहिले बस र जिपमा रोजेर यात्रा गर्न पाइएको छ ।’ म्याग्दी र मुस्ताङ समितिले स्थानीय यात्रुलाई लक्षित गर्दै बेनी–घासा र घासा–जोमसोममा नियमित बस तथा जिप सञ्चालन गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता