माघ १०, काठमाडौं । सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशिल महिला समाज नेपालको संयुक्त आयोजनामा सञ्चालित व्यावसायिक पत्रकारिता तथा उदघोषण तालिमको समापन भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १०, काठमाडौं । सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशिल महिला समाज नेपालको संयुक्त आयोजनामा सञ्चालित व्यावसायिक पत्रकारिता तथा उदघोषण तालिमको समापन भ"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिने पत्रकारिता तालिम सम्पन्न

२०७३, १० माघ सोमबार १४:३२


माघ १०, काठमाडौं । सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशिल महिला समाज नेपालको संयुक्त आयोजनामा सञ्चालित निशुल्क व्यावसायिक पत्रकारिता तथा उदघोषण तालिमको समापन भएको छ । 

उक्त समापन कार्यक्रममा बोल्दै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले सञ्चार क्षेत्रलाई व्यवस्थित र मार्यादित बनाउन सञ्चारनीतिलाई बलियो बनाउदै लैजाने बताए ।  उनले भने अनलाईन मिडियामा विकृति बढि आएको र पत्रकार आचारसंहिता उल्लघंन गरेको भन्दै त्यस्ता अनलाईन मिडियालाई काउन्सिलले कारबाही गर्ने बताए ।


कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले पत्रकारिता पेशालाई ईमान्दारिता पेशामा ल्याउन मिसन पत्रकारिताको थालिनी गर्नुपर्ने बताए । उनले युवाहरुलाई लक्षित कार्य नीति परिषदले तय गरिसकेको सबै जिल्लामा परिषद विस्तर भैसकेको बताए । 


त्यस्तै सांसद रामेश्वर फुयाँलले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकोले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको भन्दै यस क्षेत्रमा स्पष्ट नीति सहित अगाडी बढ्न सुझाए ।  


पत्रकारिता पेशा आफैमा सचेत र सजग बनाउने क्षेत्र भएकोले यस क्षेत्रमा लाग्नेहरु संयम भएर कार्य सम्पादन गर्नु पर्ने सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले जानकारी दिए । व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तनमा मार्गदिशा तय गर्ने भएकाले उक्त तालिमको आयोजना गरेको बताए । 


पौष २ गतेदेखि सञ्चालन भएको प्रशिक्षण विभिन्न सञ्चार क्षेत्रमा क्रियशिल पत्रकार तथा प्राध्यापक रमेश शुभेच्छु, प्रतिक प्रधान, भीम गौतम, अनिल अधिकारी, बैकुण्ठ भण्डारी, रामकृष्ण अधिकारी, शेखर केसी, रामनाथ खनाल, दिनेश गौतम, कुमार घिमिरे, कृष्ण खत्रि लगाएतले दिएका थिए । उक्त प्रशिक्षणमा ८० जना सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका  थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन