माघ १०, काठमाडौं । सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशिल महिला समाज नेपालको संयुक्त आयोजनामा सञ्चालित व्यावसायिक पत्रकारिता तथा उदघोषण तालिमको समापन भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १०, काठमाडौं । सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशिल महिला समाज नेपालको संयुक्त आयोजनामा सञ्चालित व्यावसायिक पत्रकारिता तथा उदघोषण तालिमको समापन भ"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिने पत्रकारिता तालिम सम्पन्न

१० माघ २०७३, सोमबार १४:३२


माघ १०, काठमाडौं । सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशिल महिला समाज नेपालको संयुक्त आयोजनामा सञ्चालित निशुल्क व्यावसायिक पत्रकारिता तथा उदघोषण तालिमको समापन भएको छ । 

उक्त समापन कार्यक्रममा बोल्दै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले सञ्चार क्षेत्रलाई व्यवस्थित र मार्यादित बनाउन सञ्चारनीतिलाई बलियो बनाउदै लैजाने बताए ।  उनले भने अनलाईन मिडियामा विकृति बढि आएको र पत्रकार आचारसंहिता उल्लघंन गरेको भन्दै त्यस्ता अनलाईन मिडियालाई काउन्सिलले कारबाही गर्ने बताए ।


कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले पत्रकारिता पेशालाई ईमान्दारिता पेशामा ल्याउन मिसन पत्रकारिताको थालिनी गर्नुपर्ने बताए । उनले युवाहरुलाई लक्षित कार्य नीति परिषदले तय गरिसकेको सबै जिल्लामा परिषद विस्तर भैसकेको बताए । 


त्यस्तै सांसद रामेश्वर फुयाँलले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकोले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको भन्दै यस क्षेत्रमा स्पष्ट नीति सहित अगाडी बढ्न सुझाए ।  


पत्रकारिता पेशा आफैमा सचेत र सजग बनाउने क्षेत्र भएकोले यस क्षेत्रमा लाग्नेहरु संयम भएर कार्य सम्पादन गर्नु पर्ने सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले जानकारी दिए । व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तनमा मार्गदिशा तय गर्ने भएकाले उक्त तालिमको आयोजना गरेको बताए । 


पौष २ गतेदेखि सञ्चालन भएको प्रशिक्षण विभिन्न सञ्चार क्षेत्रमा क्रियशिल पत्रकार तथा प्राध्यापक रमेश शुभेच्छु, प्रतिक प्रधान, भीम गौतम, अनिल अधिकारी, बैकुण्ठ भण्डारी, रामकृष्ण अधिकारी, शेखर केसी, रामनाथ खनाल, दिनेश गौतम, कुमार घिमिरे, कृष्ण खत्रि लगाएतले दिएका थिए । उक्त प्रशिक्षणमा ८० जना सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका  थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता