२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दरीजलमै खानेपानीको अभाव

२०७३, १२ माघ बुधबार १०:५२

माघ १२, काठमाडौँ । उपत्यकामा सबैभन्दा बढी पानी उत्पादन गर्ने वाग्मतीको मुहानस्थल सुन्दरीजल क्षेत्रमा १५ दिनदेखि खानेपानी सेवा अवरुद्ध भएको छ । 

गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको वाग्मती नदीबाट निस्कने पानी नै उपत्यकामा सबैभन्दा बढी वितरण हुँदै आएकामा पुस अन्तिम सातादेखि धारामा पानी नआएको स्थानीय रामकुमार श्रेष्ठले बताउनुभयो । 

“यहाँबाट उपत्यकामा ठूलाठूला पाइपमा पानी वितरणका लागि लगिएको छ, यो क्षेत्रमा भने हामी बेला बेलामा पानी पाउँदैनौँ, घरमुनिबाट पाइपमा पानी जान्छ, हामी वाग्मती नदी, कुवा वा ढुङ्गेधारामा पानी खोज्न जान बाध्य छौँ, यसपटक १५ दिनदेखि पानी आएको छैन”– उहाँले भन्नुभयो । 

मेलम्चीको पानी सुरुङबाट ल्याएपछि सुन्दरीजलमै प्रशोधन गरी उपत्यकामा वितरणका लागि प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुन्दरीजल पानीको राजधानी भए पनि यहीँ पानी खान नपाइएको स्थानीयवासीको दुःखेसो छ । 

हाल उपत्यकामा दैनिक ३७ करोड ५० लाख लिटर खानेपानीको माग रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता सुरेश आचार्यले जानकारी दिनुभयो । 

“उपत्यकाका सबै स्रोतबाट गरी हाल १३ करोड लिटर पानी मात्र उत्पादन भइरहेको छ, सुक्खा मौसम सुरु भएकाले उत्पादन अझै घट्दै जानेछ, सुन्दरीजल क्षेत्रमा भने अहिले छ दिनमा एकपटक पानी वितरण भइरहेको छ, उपत्यकामा सबैभन्दा बढी पानी यही उत्पादन हुन्छ”– उहाँले भन्नुभयो । 

सुन्दरीजल प्रशोधन केन्द्रबाट दैनिक दुई करोड १० लाख लिटर पानी उत्पादन हुन्छ । बोरिङ समेत गरी यस क्षेत्रबाट पाँच करोड लिटर पानी दैनिक उत्पादन हुने गरेको काठमाडौँ उपत्यका खानपानी लिमिटेड महाँकालचौर शाखा प्रमुख उमेशबाबु मरहट्ठाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन