२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार गायक प्रकाश ओझा १० वर्षका लागि जेल चलान

२०७३, १४ माघ शुक्रबार ११:३८


माघ १४, काठमाडौं । सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला उल्टाउँदै गायक प्रकाश ओझालाई मानव बेचविखन तथा ओसारपसारको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।

सर्वोच्चले माघको पहिलो साता नै पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५/५ गरी १० वर्ष जेल सजाय सुनाएको थियो । तर, यो फैसला सार्वजनिक भएको थिएन ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरे पश्चात शुक्रबार ओझालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पाठाइएको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए ।

ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीनजना नाबालिकासंग अनैतिक सम्बन्ध राखेको प्रमाणित भएको थियो । 

ओझाले पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा भिडियो देखाएर सार्वजनिक गरे मार्नेसम्म धम्की दिएका थिए । पटक-पटक धम्की दिएर यौन शोषण र अप्राकृति मैथुन गरेको र तस्बिर वेभसाइटमा समेत राखेको ठहर गर्दै अदालतले ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियो ।

फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी लुकिछिपी गीतन संगित रेकर्डिङको काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन