५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार गायक प्रकाश ओझा १० वर्षका लागि जेल चलान

१४ माघ २०७३, शुक्रबार ११:३८


माघ १४, काठमाडौं । सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला उल्टाउँदै गायक प्रकाश ओझालाई मानव बेचविखन तथा ओसारपसारको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।

सर्वोच्चले माघको पहिलो साता नै पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५/५ गरी १० वर्ष जेल सजाय सुनाएको थियो । तर, यो फैसला सार्वजनिक भएको थिएन ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरे पश्चात शुक्रबार ओझालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पाठाइएको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए ।

ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीनजना नाबालिकासंग अनैतिक सम्बन्ध राखेको प्रमाणित भएको थियो । 

ओझाले पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा भिडियो देखाएर सार्वजनिक गरे मार्नेसम्म धम्की दिएका थिए । पटक-पटक धम्की दिएर यौन शोषण र अप्राकृति मैथुन गरेको र तस्बिर वेभसाइटमा समेत राखेको ठहर गर्दै अदालतले ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियो ।

फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी लुकिछिपी गीतन संगित रेकर्डिङको काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता