२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्धारित समयमा निर्वाचन नभए राजनीतिक अन्यौलता कायम हुन्छ : लोहनी

२०७३, १५ माघ शनिबार ०९:५२

माघ १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदनलाई सरकारले चाँडो पारित गर्नुपर्ने बताउनुभएको छ । 

आज राप्रपा टोखा नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले भन्नुभयो — “स्थानीय तहको निर्वाचनका लागि भएपनि उक्त प्रतिवेदनलाई सरकारले चाँडो पारित गर्नुपर्छ ।” 

अध्यक्ष लोहनीले देशमा करिब एक वर्षभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै निर्धारित समयमा चुनाव हुन नसके मुलुकमा संविधान विहनिता र राजनीतिक अन्यौलता कायम हुने बताउनुभयो । 

सरकारले ल्याएको संविधान संशोधन विधेयकमा नागरिकता र सीमाङ्कनका केही बुँदा राष्ट्रको हितमा नरहेकाले यथास्थितिमा सो प्रस्तावको पक्षमा पार्टीले मतदान नगर्ने उहाँले प्रष्ट पार्नुभयो । 

पार्टीका महामन्त्री टङ्क ढकालले निर्धारित समयमा पार्टीको महाधिवेशन सम्पन्न गर्नका लागि वडा, गाउँ, नगरमा उत्साहजनक ढङ्गले अधिवेशन भइरहेको जानकारी दिँदै यही माघ २१ गते क्षेत्रीय तथा माघ २५ गते जिल्ला अधिवेशन गरिने बताउनुभयो । 

नगर अध्यक्ष सरोजकुमार पाण्डेले आगामी दिनमा नगरका समस्या समाधानका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन