१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्धारित समयमा निर्वाचन नभए राजनीतिक अन्यौलता कायम हुन्छ : लोहनी

१५ माघ २०७३, शनिबार ०९:५२

माघ १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदनलाई सरकारले चाँडो पारित गर्नुपर्ने बताउनुभएको छ । 

आज राप्रपा टोखा नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले भन्नुभयो — “स्थानीय तहको निर्वाचनका लागि भएपनि उक्त प्रतिवेदनलाई सरकारले चाँडो पारित गर्नुपर्छ ।” 

अध्यक्ष लोहनीले देशमा करिब एक वर्षभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै निर्धारित समयमा चुनाव हुन नसके मुलुकमा संविधान विहनिता र राजनीतिक अन्यौलता कायम हुने बताउनुभयो । 

सरकारले ल्याएको संविधान संशोधन विधेयकमा नागरिकता र सीमाङ्कनका केही बुँदा राष्ट्रको हितमा नरहेकाले यथास्थितिमा सो प्रस्तावको पक्षमा पार्टीले मतदान नगर्ने उहाँले प्रष्ट पार्नुभयो । 

पार्टीका महामन्त्री टङ्क ढकालले निर्धारित समयमा पार्टीको महाधिवेशन सम्पन्न गर्नका लागि वडा, गाउँ, नगरमा उत्साहजनक ढङ्गले अधिवेशन भइरहेको जानकारी दिँदै यही माघ २१ गते क्षेत्रीय तथा माघ २५ गते जिल्ला अधिवेशन गरिने बताउनुभयो । 

नगर अध्यक्ष सरोजकुमार पाण्डेले आगामी दिनमा नगरका समस्या समाधानका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै