१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

१६ माघ २०७३, आईतवार ०२:३४

माघ १६, मोरङ । मोरङको सुन्दरदुलारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्व आउँदै गरेको को२त ४३४६ नंको ट्र्याक्टरले एकैदिशामा रहेको को१८प ९३२९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार सुन्दरदुलारी–६ कै ३० वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको हो । 

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इप्रका, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । 

मोटरसाइकल चालक ३५ वर्षीय छविलाल चौधरी भने सामान्य अवस्थामा घर फर्किएका छन् । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई इप्रका, बेलबारीले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै